पुनर्वास , माघ २८,पुनर्वासमा सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुने भएको छ । लालझाडी युवा क्लब ११ को आयोजनामा फागुन २० गतेदेखि मोहन गुरुङ स्मृती सातौँ लालझाडी कप फुटबल प्रतियोगिता हुन लागेको आज आयोजित पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ।

फागुन ३० गते सम्म सञ्चालन हुने सो प्रतियोगिता कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ स्तरीय हुने र प्रतियोगितामा १६ टीमको सहभागिता रहने सो प्रतियोगिता एन्फा रेर्फीद्धारा खेलाइने छ । प्रतियोगिताको विजेताले दुई लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी र दृतिय हुनेले नगद एक लाख ११ हजार एक सय ११ साथमा सानदार ट्रफी पाउने प्रतियोगिताका क्लबका सचीव अमित विकले जानकारी दिए । यस्तै उत्कृष्ट खेलाडीलाईलाई दश हजार,उत्कृष्ट फरवार्ड ,उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकर्ता, र उत्कृष्ट उदयमान खेलाडीलाई जनही पाँच /पाँच हजार प्रदान गरिने छ भने प्रत्येक म्याचको म्यान अफ द म्याचलाई एक हजार एक सय दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको इन्ट्री फी दश हजार तोकिएको छ ।
प्रतियोगिता क्लबको खेलमैदान पुर्नवास १० भिमबस्तीमा हुने क्लबका अध्यक्ष काशिराम बोहराले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस