माधब पौडेल,१०असोज।नेपाली जनसम्पर्क समिति स्पेनको सातौँ महाधिवेशनबाट शिव उपाध्याय पुनः अध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ। सन् २०२६–२०२८ कार्यकालका लागि उपाध्यायको नेतृत्वमा नयाँ कार्यसमिति समेत निर्विरोध चयन भएको हो।
महाधिवेशनबाट उपाध्यक्षमा विनय अधिकारी र प्रभाकर केसी दर्पण,महामन्त्रीमा प्रलाद कार्की र कृष्ण सापकोटा, सह–महामन्त्रीमा रविन्द्र गिरी र सन्तोष अर्याल तथा कोषाध्यक्षमा धनबहादुर रोकाहा निर्वाचित हुनुभएको छ।त्यस्तै सदस्यहरूमा योगेन्द्र कोइराला,लक्ष्मण प्रताप सिंह, तारादेवी पौडेल, राजीव पोखरेल, रोशन डाँगी, बेनीप्रसाद ढकाल र दीपा खनाल सापकोटा निर्वाचित हुनुभएको छ।

महाधिवेशनमा नेपाली कांग्रेसका केन्द्रीय पर्यवेक्षक सुभाष जोशी, केन्द्रीय निर्वाचन प्रतिनिधि तथा निर्वाचन संयोजक पेशल कुमार कोइराला, नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, संस्थापक अध्यक्ष चिन्तामणि सापकोटा,निवर्तमान अध्यक्ष सन्तोष श्रेष्ठ त्यस्तै, गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का सचिव यज्ञनारायण पौडेल, सदस्य गंगाप्रसाद भुसाल, प्रवासी नेपाली मञ्च स्पेनका प्रतिनिधि नवीन घिमिरे, अन्तर्राष्ट्रिय नेपाली मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगाना, तमु समाज स्पेनका महासचिव यमकुमारी गुरुङ, पर्वत समाज स्पेनका अध्यक्ष सुन्दर गुरुङ, धादिङ समाज स्पेनका संयोजक राजीव पोखरेल, नेबाका उपाध्यक्ष मुकुन्द लामिछाने र नेपाली जनसम्पर्क समिति स्पेनकी पूर्व उपाध्यक्ष सिर्जना लामिछानेलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
नवनिर्वाचित अध्यक्ष उपाध्यायले प्राप्त जिम्मेवारीलाई संस्थाप्रतिको थप गम्भीर दायित्वका रूपमा लिँदै जनसम्पर्क समिति स्पेनलाई एकताबद्ध, पारदर्शी, समावेशी र संस्थागत रूपमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।निर्विरोध निर्वाचित हुनु जिम्मेवारी पूरा भएको होइन अब हाम्रो वास्तविक परीक्षा सुरु भएको छ समेत बताउनुभयो।
प्रतिक्रिया दिनुहोस