२०८३ भाद्र ९, मंगलबार | Tue, 25, Aug, 2026

बेलौरी:महाकाली माध्यमिक विद्यालयमा ट्राफिक नियमसम्बन्धी अन्तरक्रिया


  • २०८३ भाद्र ९, मंगलबार मा प्रकाशित १0 घण्टा अघि
  • १०३ पाठक संख्या
  • बेलौरी,०९ भाद्र। कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली माध्यमिक विद्यालय, विद्यानगरमा अध्ययनरत विद्यार्थी तथा शिक्षकलाई मङ्गलबार सडक सुरक्षा र ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम गरिएको छ।कार्यक्रममा प्रधानाध्यापक रमेश सिंह भण्डारी, बिधालय ब्यबस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेम सिंह बोहराको उपस्थिति रहेको थियो। अस्थायी प्रहरी पोस्ट बेलौरीको आयोजनामा भएको कार्यक्रममा सडकमा हिँड्दा अपनाउनुपर्ने सावधानी, सडक पार गर्ने, ट्राफिक बत्ती तथा सडक संकेतको पालना गर्ने, सडकमा मोबाइल फोन प्रयोग नगर्ने, हेल्मेटको अनिवार्य प्रयोग गर्ने तथा सवारीसाधन चलाउँदा तीव्र गति र लापरबाही नगर्नेलगायत विषयमा जानकारी गराइएको थियो।त्यस्तै, चालक तथा पैदलयात्री दुवैले ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने र नियम उल्लङ्घन गर्दा दुर्घटनाको जोखिम बढ्नेबारे विद्यार्थी तथा शिक्षकलाई सचेत गराइएको थियो।अस्थायी प्रहरी पोस्ट बेलौरीका इन्चार्ज खेमराज भट्टले विद्यार्थी उमेरदेखि नै ट्राफिक नियम र सडक सुरक्षाबारे सचेतना बढाउन सके दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट