२०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

बेलौरीमा ३४ जना सूचीकृत मेलमिलापकर्तालाई सपथ ग्रहणसँगै वडागत जिम्मेवारी प्रदान


  • २०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित २ घण्टा अघि
  • १८४ पाठक संख्या
  • माधव पौडेल, बेलौरी, २९ श्रावण। कञ्चनपुरको बेलौरी नगरपालिकामा “विवाद होइन, समाधान रोजौँ; वडामै मेलमिलाप खोजौँ” भन्ने मूल नाराका शुक्रबार आयोजित कार्यक्रममा बेलौरी नगरपालिकाका विभिन्न वडाबाट सूचीकृत भएका ३४ जना मेलमिलापकर्तालाई वडागत जिम्मेवारीसहित सपथ ग्रहण गराइएको हो।कार्यक्रमको अध्यक्षता बेलौरी नगरपालिकाका नगर उपप्रमुख एवं न्यायिक समितिका संयोजक जोगराम चौधरीले गर्नुभएको थियो। कार्यक्रममा न्यायिक समितिका सदस्यहरू शिवराज राना र आरती चौधरीको समेत सहभागिता रहेको थियो।कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समितिका सदस्य आरती कुमारी चौधरीले राख्नुभएको थियो भने कार्यक्रमको विषयवस्तुको विषयमा सदस्य शिवराज रानाले गर्नुभएको थियो।कार्यक्रममा बोल्दै नगर उपप्रमुख चौधरीले स्थानीयस्तरमा उत्पन्न हुने विवादलाई अदालत वा अन्य निकायसम्म पुर्‍याउनुअघि नै आपसी छलफल, समझदारी र सहमतिका माध्यमबाट समाधान गर्न मेलमिलापकर्ताहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै“वडामा हुने सामान्य विवादलाई वडामै छलफल र मेलमिलापका माध्यमबाट समाधान गर्ने हाम्रो उद्देश्य हो। यसले नागरिकको समय र खर्च दुवै बचत हुन्छ भने आपसी सम्बन्ध पनि बिग्रनबाट जोगाउन सकिने बताउनुभयो।मेलमिलापकर्ताहरूले कुनै पक्षको प्रभावमा नपरी निष्पक्ष र तटस्थ भएर आफ्नो जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले मेलमिलापकर्ताहरूलाई आफ्नो जिम्मेवारीलाई पदभन्दा पनि सेवाको रूपमा लिएर काम गर्न आग्रह गर्नुभयो।

    नगरपालिकाले मेलमिलापकर्ताका रूपमा सूचीकृत हुन इच्छुक व्यक्तिहरूका लागि १५ दिनको सूचना जारी गरी दरखास्त आह्वान गरेको थियो। सोही प्रक्रियाबाट विभिन्न वडाका लागि मेलमिलापकर्ता सूचीकृत गरिएको हो। वडा नम्बर १ बाट भने कुनै पनि निवेदन प्राप्त नभएको नगर उपप्रमुख चौधरीले जानकारी दिनुभयो। उहाँका अनुसार अन्य वडाबाट प्राप्त आवेदनका आधारमा प्रक्रिया पूरा गरी ३४ जना मेलमिलापकर्ता सूचीकृत गरिएको हो।

    कार्यक्रममा सूचीकृत मेलमिलापकर्ताहरूलाई न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख चौधरीले पद तथा जिम्मेवारीको सपथ ग्रहण गराउनुभएको थियो।स्थानीय तहमा न्यायिक समितिमार्फत विवाद समाधान गर्ने क्रममा मेलमिलाप प्रक्रियालाई प्रभावकारी बनाउन नगरपालिकाले मेलमिलापकर्ताहरूलाई वडागत जिम्मेवारी दिएको हो।नगरपालिकाले वडास्तरमै विवाद समाधानको वातावरण निर्माण गरी नागरिकलाई सहज, सरल र छिटो न्यायको अनुभूति दिलाउने लक्ष्य लिएको जनाएको छ।

    न्यायिक समितिका उजुरी प्रशासक विनोद चौधरीले प्राविधिक विषय अन्तरगत समितिमा उजुरी दर्ता भए देखी लिएर मेलमिलाप केन्द्र सम्म पठाउदा अपनाउनु पर्ने विधि तरिका मेलमिलापकर्ताले मेलमिलाप सत्रमा ध्यान दिनु पर्ने विषयबस्त, मेलमिलापकर्ताको छनोट प्रकृया लगायतका विषयसहभागी मेलमिलाप कर्तालाई जानकारी दिनुभएको थियो।

     

     

     

     

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट