२०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

सुदुर पश्चिममा एमाले र नेकपा समर्थनमा खगराज भट्ट मुख्यमन्त्रीमा नियुक्त


  • २०८३ श्रावण २९, शुक्रबार मा प्रकाशित ६ घण्टा अघि
  • ५० पाठक संख्या
  • धनगढी, २९ श्रावण। सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्रीका रूपमा खगराज भट्ट नियुक्त हुनुभएको छ।नेकपा एमाले र नेकपाको समर्थनमा मुख्यमन्त्री पदका लागि दाबी पेश भएपछि प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम भट्टलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।प्रदेश प्रमुखको कार्यालयले शुक्रबार जारी गरेको नियुक्तिपत्रमा भट्टलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ।

    प्रदेश सभामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने आधारसहित एमाले र नेकपाले भट्टलाई मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए। सोही दाबीका आधारमा प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट