२०८३ श्रावण ७, बिहिबार | Thu, 23, Jul, 2026

लालझाडीमा लागूपदार्थ दुर्व्यसन रोकथाम विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न,रामेश्वर मावि प्रथम


  • २०८३ अषाढ २२, सोमबार मा प्रकाशित २ हफ्ता अघि
  • ४९७ पाठक संख्या
  • माधव पौडेल, २२ असार। कञ्चनपुरको लालझाडी गाउँपालिका–२ स्थित भानु माध्यमिक विद्यालयमा सोमबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरको आयोजना तथा लालझाडी गाउँपालिकाको सहकार्यमा आयोजित प्रतियोगितामा लालझाडी गाउँपालिकाको सहकार्यमा लागूपदार्थ दुर्व्यसन रोकथाममा युवाको भूमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।कार्यक्रमको सभापति सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र अध्यक्ष भोजराज भट्ट, प्रमुख अतिथि लालझाडी गाउँपालिका निर्मल राना, बिशिष्ट अतिथि लालझाडी गाउँपालिकाका उपाध्यक्ष सपना चौधरी राना, लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष आशाराम राना,जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावत, अतिथि सामुदायीक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका सचिव भुवन कुँवर केसी, भानु माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नरेश राना,भानु माध्यमिक विद्यालय कञ्जका प्रधानाध्यापक वेद प्रकाश उपाध्याय,इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक कमल प्रसाद चौधरी लगायत शिक्षक विद्यार्थीको उपस्थिति रहेको थियो।प्रतियोगितामा सहभागी विद्यार्थीहरूले लागूपदार्थ दुर्व्यसनको रोकथाममा युवाको भूमिका, दुर्व्यसनका कारण हुने सामाजिक, आर्थिक तथा स्वास्थ्यसम्बन्धी असर, त्यसको नियन्त्रणका उपाय र सचेतनाको आवश्यकताबारे आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए।

    वक्तृत्वकला प्रतियोगितामा प्रथम हुने रामेश्वर माध्यमिक विद्यालयकी छात्रा प्रतिज्ञा भण्डारीलाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र, द्वित्तिय स्थान प्राप्त गर्ने बैजनाथ माध्यमिक विद्यालयकी छात्रा रेखा भारतीले नगद ३ हजार रुपैयाँ र प्रमाणपत्र,र तृतीय स्थान प्राप्त गर्ने शारदा राष्ट्रिय माध्यमिक विद्यालयका छात्र रमित दाहाल तृतीय हुँदै नगद २ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन् । सहभागी सबै विद्यालयलाई सहभागी प्रमाणपत्र प्रदान गरिएको सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भोजराज भट्टले जानकारी दिनुभयो।कार्य्रकममा सामुदायिक विद्यालयको तर्फबाट शुभकामना मन्तव्य राख्दै भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक वेदप्रकाश उपाध्यायले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई विद्यार्थीलाई सामाजिक उत्तरदायित्व र जीवनोपयोगी ज्ञानसँग जोड्नुपर्ने बताउनुभयो। उहाँले लागूपदार्थ दुर्व्यसनविरुद्ध सचेतना फैलाउने यस्ता कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच,आत्मअनुशासन र नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई विद्यालयले निरन्तर सहयोग गर्ने बताउनुभयो।कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेक बहादुर रावतले लागूपदार्थको प्रयोगले व्यक्ति, परिवार र समाजमा दीर्घकालीन नकारात्मक असर पार्ने भएकाले यसको नियन्त्रणका लागि प्रहरी, स्थानीय तह, विद्यालय, अभिभावक र युवाबीच समन्वय आवश्यक रहेको बताउँदैविद्यार्थीहरूलाई दुर्व्यसनबाट टाढा रही सचेतना फैलाउन आग्रह गर्नुभयो।कार्यक्रमको विशिष्ट अतिथि एंव लालझाडी गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले युवाशक्ति राष्ट्रको महत्वपूर्ण सम्पत्ति भएकाले उनीहरूलाई लागूपदार्थ दुर्व्यसनबाट जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभयो।विद्यालयस्तरबाट नै सचेतना अभिवृद्धि गर्न सके स्वस्थ, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा टेवा पुग्ने बताउनुभयो।कार्यक्रमलाई सम्बोधन गर्दै लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले लागूपदार्थ दुर्व्यसन समाजका लागि गम्भीर चुनौती बन्दै गएको उल्लेख गर्दै यसको रोकथाममा युवाहरू नै सबैभन्दा प्रभावकारी अभियानकर्ता बन्नुपर्ने बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा सकारात्मक सोच र जिम्मेवारीबोध विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।कार्यक्रमको समापनमा बोल्दै सभापति तथा सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महेन्द्रनगरका अध्यक्ष भोजराज भट्टले लागूपदार्थ दुर्व्यसन नियन्त्रणका लागि प्रहरीको प्रयास मात्र पर्याप्त नहुने उल्लेख गर्दै परिवार, विद्यालय, स्थानीय तह र समुदायको साझा सहभागिता आवश्यक रहेको बताउँदै युवाहरूलाई दुर्व्यसनबाट टाढा राख्न यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो।प्रतियोगितामा लालझाडी गाउँपालिकाका ६ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा सहभागी प्रमुख अतिथि, बिशिष्ट अतिथि, अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमको सहजीकरण सामुदायिक सेवा केन्द्रका उपाध्यक्ष विमल खडायतले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट