२०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित


  • २०८३ अषाढ १०, बुधबार मा प्रकाशित ४ घण्टा अघि
  • ३५ पाठक संख्या
  • कैलाली,१० असार। अनलाइन टिभी पत्रकार सङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका महासचिव तथा वैज्ञानिक मिडियाका प्रबन्ध निर्देशक टिकाराम साउद सम्मानित हुनु भएको छ।

    कैलालीको बर्दगोरिया गाउँपालिका को १८औँ गाउँसभाको अवसरमा साउदलाई पत्रकारितामार्फत स्थानीय तहको विकास, सुशासन तथा समृद्धिको प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो।वि.सं. २०७० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय साउदले सुदूरपश्चिमको सञ्चार क्षेत्रको संस्थागत विकास, व्यावसायिक पत्रकारिता तथा अनलाइन सञ्चार माध्यमको सुदृढीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहनुभएको छ। साउद हाल अनलाइन टिभी पत्रकार सङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका महासचिवका रूपमा सक्रिय हुनुहुन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट