२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

उग्रतारा फुड फेस्टिभल: विद्यार्थीले बनाए विभिन्न परिकारहरु


  • २०७९ माघ २३, सोमबार मा प्रकाशित ३ साल अघि
  • १३२८ पाठक संख्या
  • कञ्चनपुर, २३ माघ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा अवस्थित उग्रतारा बाल विद्यालयमा फुड फेस्टिभलको आयोजना गरिएको छ । उग्रतारा बाल विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरूले सोमबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म फुड फेस्टिभलको आयोजना गरेको विद्यालयले जनाएको छ । विद्यार्थीहरूलाई व्यावसायिक सिप सिकाउने र इभेन्ट व्यवस्थापन गर्ने तरिका बारे सीप सिकाउने उद्देश्यले विद्यार्थीहरूलाई फुड फेस्टिभल कार्यक्रमको आयोजना गर्न लगाइएको विद्यालयका प्रिन्सिपल केशव सिंह बिष्टले जानकारी दिनुभयो । बिष्टले भन्नुभयो, “विद्यार्थी आफैले विभिन्न परिकार बनाउने र पाहुनाका लागि पस्किने अभ्यास गर्दा विद्यार्थीहरूमा आत्मविश्वास बढ्छ” । यसबाट विद्यार्थीहरूले लगानी, व्यवसायको व्यवस्थापन, प्रतिस्पर्धा, मुनाफा जस्तो जीवनमा नभई नहुने सीपहरू सिक्न सक्ने प्रिन्सिपल बिष्टको भनाइ छ ।

    विद्यार्थीहरूद्वारा तयार पारिएका परिकारहरू अभिभावक तथा शिक्षकहरूले उपयोग गरेको विद्यालयका भाइस प्रिन्सिपल ललित कार्कीले बताउनु भयो । फुड फेस्टिभलमा विद्यार्थीहरूले परम्परागत खानाहरूका साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले एक कार्यक्रमका बिच फुड फेस्टिभलको उद्घाटन गर्दै विद्यार्थीहरूलाई प्रयोगात्मक तथा व्यवहारिक शिक्षामा जोड दिनु पर्ने धारणा व्यक्त गर्नुभयो । विद्यालयले आयोजना गरेको यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई प्रयोगात्मक र व्यवहारिक बनाउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

    महाकाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मराज जोशीले विद्यार्थीहरूलाई व्यावहारिक शिक्षाको खाँचो रहेको बेला यस्ता प्रयोगात्मक अभ्यास निकै नै प्रभावकारी हुने धारणा व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको मनोबल बढ्ने र व्यावसायिक सीप सिक्ने अवसर पाउने उहाँको भनाइ छ । विद्यार्थीहरू भित्र लुकेको प्रतिभा, क्षमता प्रस्ट्याउन यस्ता कार्यक्रमले निरन्तरता पाउनु पर्नेमा बेलौरी नगरपालिका शिक्षा शाखाका प्रमुख विद्यालय निरीक्षक देव बहादुर चन्दको भनाइ छ । “यस्ता अभ्यासमूलक कार्यक्रमले विद्यार्थीमा आत्मबल बढाउँछ । नियमित सिकाई बाहेक प्रयोगात्मक यस्ता अभ्यासले विद्यार्थीहरूमा जोस, जाँगर पनि पलाउँछ” विद्यालय निरीक्षक देव बहादुर चन्दले भन्नुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट