२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

लालझाडी: सुत्केरी आमा र नवजात शिशुको सहजताका लागि शंकरपुर स्वास्थ्य चौकीलाई एसी सहयोग


  • २०८३ जेष्ठ ३०, शनिबार मा प्रकाशित २ घण्टा अघि
  • १८६ पाठक संख्या
  • माधब पौडेल, ३० जेठ। कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ मा रहेको शंकरपुर स्वास्थ्य चौकीलाई पाँच वटा सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा एक थान एसी (एयर कन्डिसनर) सहयोग गरेका छन्।शनिबार बैजनाथ,अशोक,सिद्धवैजनाथ,जय भोले तथा वागवाणी सामुदायिक वन उपभोक्ता समूहले स्वास्थ्य चौकीको प्रसूति कक्षका लागि एसी हस्तान्तरण गरेका हुन्। गर्मी तथा जाडोयाममा प्रसूति सेवा लिन आउने सुत्केरी आमा तथा नवजात शिशुले भोग्नुपर्ने असहजतालाई मध्यनजर गर्दै एसी सहयोग प्रदान गरेको सामुदायिक वनका पदाधिकारीले बताएका छन।

    शंकरपुर स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एंव लालझाडी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष आशाराम रानाले सामुदायिक वन उपभोक्ता समूहहरूको सहयोगप्रति आभार व्यक्त गर्दै यसबाट सुत्केरी आमा र नवजात शिशुले थप सहज तथा गुणस्तरीय वातावरणमा स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।स्वास्थ्य चौकीका इन्चार्ज यज्ञबहादुर धामीका अनुसार सामुदायिक वनहरूको यस प्रकारको सहयोगले स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन महत्वपूर्ण टेवा पुगेको उल्लेख गर्दै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा समुदायको सक्रिय सहभागिता उदाहरणीय रहेको बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट