बेलौरी, ०७ जेष्ठ। कंचनपुरमा रहेको बेलौरी यातायात प्रा.ली. ले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै बिहीबार एक कार्यक्रम बिच बेलौरी यातायातमा आवद्व ८३ जना अटो व्यवसायी सदस्यहरूलाई चालकको पहिचान स्पष्ट देखिने विशेष ज्याकेट वितरण गरेको छ।
अस्थायी ट्राफिक पोष्ट बेलौरीका प्रमुख खेमराज भट्टको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि एवं अस्थायी ट्राफिक प्रहरी पोष्ट सहभागिता रहेको थियो। कार्यक्रममा चालकको नाम, सम्पर्क नम्बर, दर्ता नम्बर तथा संस्थाको लोगो स्पष्ट देखिने गरी लाइट ज्याकेट वितरण गरिएको बेलौरी यातायात प्रा.ली का अध्यक्ष ईश्वरबहादुर चन्दले जानकारी दिनुभयो।अध्यक्ष चन्दका अनुसार यात्रुहरूले यात्रा गर्दा चालकलाई सहज रूपमा चिन्ने र आवश्यक परे तत्काल सम्पर्क गर्न सक्ने वातावरण बनाउन यो पहल गरिएको बताउँदै यात्राका क्रममा कुनै समस्या वा गुनासो भएमा ९७६६०९०८४३ मा सम्पर्क गर्न सकिने समेत बताउनुभयो।
कार्यक्रमका क्रममा अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलौरीका इन्चार्ज खेमराज भट्टले सम्पूर्ण अटो चालकहरूलाई ट्राफिक सचेतनामूलक पम्प्लेट वितरण गर्दै यस्ता प्रकारका पहलहरूले सार्वजनिक यातायात सेवामा पारदर्शिता कायम गर्न, यात्रु सुरक्षामा उल्लेख्य सुधार ल्याउन तथा सेवाप्रति आम नागरिकको विश्वास अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउँदै यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।

प्रतिक्रिया दिनुहोस