२०८३ बैशाख १६, बुधबार | Wed, 29, Apr, 2026

बेलौरीमा मुक्तकमैयाका लागि ३५ वटा सुरक्षित घर निर्माण हुँदै


  • २०८३ बैशाख ९, बुधबार मा प्रकाशित ६ दिन अघि
  • ५४१ पाठक संख्या
  • माधब पौडेल, ०९ वैशाख। कञचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ र ९ मा मुक्तकमैया परिवारको जीवनस्तर उकास्ने उद्देश्यले सञ्चालन गरिएको सुरक्षित आवास कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षमा ३५ घर निर्माण कार्य सुरु भएको छ।बुधबार बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीको संयोजकत्वमा बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशी,इन्जिनियर जगदीश जोशी, लेखा अधिकृत ओम प्रकाश उपाध्याय, बेलौरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरी र बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किशन सिंह राना, लगायत निड्स नेपाल र ह्याबिट्याट नेपालका प्रतिनिधिले निर्माणाधीन परियोजनाको अनुगमन गर्नुभएको छ।

    बेलौरी नगरपालिका, निड्स नेपाल र ह्याबिट्याट नेपालको त्रिपक्षीय सहकार्यमा सञ्चालन भइरहेको यस कार्यक्रम अन्तर्गत वडा नं. ५ मा १८ र वडा नं. ९ मा १७ घरधुरीका लागि आवास निर्माण भइरहेको बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरीले जानकारी दिनुभयो।यस परियोजनाले दशकौँदेखि आवासीय असुरक्षामा रहेका मुक्तकमैया परिवारलाई सुरक्षित बसोबासको सुनिश्चितता दिने अपेक्षा गरिएको समेत उप प्रमुख चौधरीले बताउनुभयो।कार्यक्रमका लागि लागत साझेदारी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय (सुदूरपश्चिम प्रदेश)बाट प्राप्त ३ लाख ५० हजार सशर्त अनुदान र बेलौरी नगरपालिकाबाट १ लाख ५० हजार रुपैयाँ (आन्तरिक स्रोत) बाट छ भने निड्स नेपाल र ह्याबिट्याट नेपालले प्रति घर १ लाख २० हजार रुपैयाँ सहयोग गर्दै आएका छन् भने समुदाय स्वयंले करिब १ लाख ७६ हजार रुपैयाँ बराबरको श्रमदान गर्नुपर्ने छ।बेलौरी नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा वडा नं. ९ र १० मा गरी १५ घर निर्माण सम्पन्न भएका थिए भने २०८१/०८२ मा वडा नं. ५, ६, ७ र ८ मा गरी २९ घर निर्माण गरी लाभग्राहीलाई हस्तान्तरण सकिएको कार्यक्रम संयोजक सरस्वती पुरीले जानकारी दिनुभयो।

    यस वर्षको विशेषता भनेको अघिल्ला वर्षहरूभन्दा फरक रूपमा केवल मुक्तकमैया परिवारलाई लक्षित गरेर आवास निर्माण भइरहेको छ।परियोजना २०८३ असार १६ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ। कार्यक्रमको व्यवस्थापन तथा सहजीकरण विगत तीन वर्षदेखि कार्यक्रम संयोजन पुरीले गर्दै आउनु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट