२०८३ श्रावण २९, शुक्रबार | Fri, 14, Aug, 2026

बेलौरीको बाल उद्यानमा जहाज दुर्घटनामा ज्यान गुमाउनेको सम्झनामा दीप प्रज्वलन


  • २०७९ माघ २, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६०९ पाठक संख्या
  • कञ्चनपुर ,०२ माघ, आइतबार पोखरामा भएको विमान दुर्घटनामा परी दिवङगत भएका मृत आत्माको चिरशान्तिको कामना गर्दै सोमबार बेलौरीको बाल उद्यानमा दीप प्रज्वलन गर्दै मौनधारणा गरिएको शिक्षाप्रेमी केशवराज जोशीले जानकारी दिनुभयो।कार्यक्रममा स्थानीय ब्यापारी ,शिक्षाप्रेमी ,बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो। तेस्तै सोमबार नै बेलौरी नगरपालिकाको वडा नम्बर ८ मा रहेको कलकत्ता बजारमा पनि स्थानीय ,ब्यापारी ,शिक्षक , जनप्रतिनिधि लगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको स्थानीय अशोक पाण्डेले जानकारी दिनुभयो ।

    आइतबार काठमाडौबाट पोखरा का लागि उडेको यती एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो । जहाजमा नेपाली सहित बिदेशी गरि ७२ जना सवार थिए । दुर्घटनामा अहिलेसम्म ७० जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने २जना यात्रुको खोजी तथा उद्धार जारी छ ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट