२०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

लालझाडीमा शुक्रबार निःशुल्क विशेषज्ञ सहितको स्वास्थ्य शिविर सञ्चालन हुने 


  • २०८२ चैत्र ११, बुधबार मा प्रकाशित ३ हफ्ता अघि
  • ४६७ पाठक संख्या
  • लालझाडी,११चैत्र। कञ्चनपुर लालझाडी गाउँपालिकाको आयोजना नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको आर्थिक सहयोगमा शुक्रबार सहितको निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने भएको छ।

    शिविर लालझाडी–३ नन्दगाउँस्थित लालझाडी आधारभूत अस्पतालमा सञ्चालन हुने स्वास्थ्य शिविरमा नसर्ने रोग (NCD) सम्बन्धी विभिन्न विशेषज्ञ सेवा, विशेषगरी उच्च रक्तचाप, मधुमेह, मृगौला रोग, श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग (COPD), दम तथा थाइराइड जस्ता समस्याको परीक्षण तथा परामर्श प्रदान,सामान्य चिकित्सा विशेषज्ञ (General Physician) द्वारा स्वास्थ्य परीक्षण, मोटोपना तथा कुपोषण मूल्याङ्कन, आहार तथा व्यायाम सम्बन्धी जीवनशैली सुधारका लागि सुझाव दिइने लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले जानकारी दिनुभयो।शिविरमा निःशुल्क एक्स-रे, प्रयोगशाला सेवा, मुटुको जाँच (ECG), नेबुलाइजर सेवा उपलब्ध हुने जनाइएको छ। साथै, चिकित्सकको सिफारिस अनुसार आवश्यक औषधि निःशुल्क वितरण गरिनेछ भने जटिल प्रकृतिका बिरामीलाई थप उपचारका लागि रेफरल सेवा समेत प्रदान गरिने लालझाडी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख खगेन्द्र चौधरीले जानकारी दिनुभयो।शिविर शुक्रबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने समेत बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट