बेलौरी ११ चैत्र। कञ्चनपुरको बेलौरी नगरपालिकाले हिन्दु धर्मावलम्बीहरूको महान पर्व चैते दशैंलाई लक्षित गर्दै बेलौरी नगरपालिका कार्यालयले बिहीबार स्थानीय बिदा दिएको छ।

नगर प्रमुखस्तरीय निर्णयअनुसार चैते दशैं (शुक्ल अष्टमी) का दिन नगरभित्रका सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालयहरू, संघ–संस्थाहरू तथा शैक्षिक संस्थाहरूमा (अत्यावश्यक सेवा बाहेक) बिदा रहने पत्रमा उल्लेख गरिएको छ।पर्वको अवसरमा नगरपालिकाले सम्पूर्ण नगरवासीहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा निरन्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गरेको छ। धार्मिक आस्था, सांस्कृतिक एकता र सामाजिक सद्भावको प्रतीकका रूपमा मनाइने यस पर्वलाई उत्साहपूर्वक र सभ्य तरिकाले मनाउन समेत आग्रह गरिएको छ।यद्यपि, शैक्षिक गतिविधितर्फ भने परीक्षा कार्यक्रमहरू पूर्वनिर्धारित समयतालिका अनुसार नै सञ्चालन हुने भएको छ
प्रतिक्रिया दिनुहोस