माधब पौडेल २२ पौष , कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ को कार्यालयद्वारा शुक्रबार एक कार्यक्रमका बीच जेष्ठ नागरिक लाई पानी तताउने इलेक्ट्रोनिक जग र टर्च लाइट बितरण गरेको हो।
कार्यक्रमको सभापतित्व बेलौरी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष लालबहादुर चौधरी, प्रमुख अतिथि बेलौरी नगरपालिका का नगरप्रमुख पोतिलाल चौधरी ,विशिष्ट अतिथि कार्यपालिका सदस्य आरती कुमारी चौधरी र रामनगर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष दिपा चौधरी रहनुभएको थियो।
बेलौरी नगरपालिका वडा नम्बर ५ बाट सामाजिक सुरक्षा भत्ता पाइरहेका जेष्ठ नागरिक २४४ जनालाई एक थान पानी तताउने जग र टर्च लाइट लाई बितरण गरिएको वडाध्यक्ष लालबहादुर चौधरी ले जानकारी गराउनु भयो। वडा ५ कार्यालयको आर्थिक बर्ष २०७९/०८० को लक्षित बर्गको ३ लाख बजेट बाट उक्त सामाग्री बितरण गरिएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस