२०८३ जेष्ठ ११, सोमबार | Mon, 25, May, 2026

निड्स नेपालको आयोजनामा आधारभूत तहको पैरवी संस्थागतकरण सम्बन्धी क्षमता विकास गोष्ठी सम्पन्न


  • २०८२ पौष १, मंगलबार मा प्रकाशित ५ महिना अघि
  • ६६५ पाठक संख्या
  • बेलौरी,०१ पौष।निड्स नेपालको कार्यान्वयन तथा BMZ/KKS जर्मनीको  आर्थिक सहयोगमा बेलौरी नगरपालिका वडा नम्बर ५ र ९ अन्तर्गतका १५ वटा समुदायमा सञ्चालन भइरहेको विपन्न परिवारको लैङ्गिक र समतामूलक सहभागिता प्रबर्द्धन तथा सामाजिक–आर्थिक जीवनयापन सहयोग कार्यक्रम (NEPCON) परियोजना अन्तर्गत समुदायस्तरमा गरिने आधारभूत तहको पैरवी सम्बन्धी एकदिने कार्यशाला गोष्ठी मङ्लबार सम्पन्न भएको छ।डिसेम्बर १० देखि १६ सम्म वडा नम्बर ५ र ९ मा १५ वटा गोष्टि सम्पन्न भएको छ।कार्यशालामा समुदायस्तरका स्वसहायता समूह, कृषक समूह, बाल क्लबका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। कार्यक्रममा विशेष गरी अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, लैङ्गिक हिंसा, बालबालिका तथा कृषकसँग सम्बन्धित सवालहरू र ती विषयमा गरिने प्रभावकारी पैरवीका उपायहरूबारे गहन छलफल गरिएको थियो।परियोजनामार्फत सञ्चालन गरिएका कार्यशालामा जम्मा ३८१ जना सहभागीहरूले प्रत्यक्ष सहभागिता जनाएका थिए। कार्यक्रमको उद्घाटन निड्स नेपालका अध्यक्ष दुर्गा खरेलले गर्नुभएको थियो।

    कार्यक्रमको समापन गर्दै निड्स नेपालका कार्यसमिति सचिव टिका थापाले समुदाय आफैं सचेत र संगठित नहुँदासम्म दिगो परिवर्तन सम्भव नहुने बताउँदै आगामी दिनमा पनि समुदायस्तरका सवाललाई नीति तथा निर्णय प्रक्रियासम्म पुर्‍याउन यस्ता गोष्ठीहरू निरन्तर सञ्चालन गरिने जानकारी दिनुभयो।

    कार्यक्रमका अवसरमा परियोजना प्रमुख प्रेमबहादुर बिकले समुदायस्तरका संस्थाहरूको पैरवी क्षमतालाई दीगो र संस्थागत बनाउने उद्देश्यले आगामी दिनमा सेवा प्रदायक निकायहरूसँग समन्वय गर्दै थप पैरवी सम्बन्धी गतिविधिहरू सञ्चालन गरिने जानकारी दिनुभयो। परियोजना प्रमुख विकले यस कार्यक्रमलाई  आगामी दिनमा नगरस्तरमा सञ्चालन गरिने समेत बताउनुभयो। नेप्कोन परियोजनाले समुदायमा समावेशी सहभागिता, सामाजिक न्याय र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको सरोकारवालाहरूले बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट