कञ्चनपुर, २८ मंसिर। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन नगर समिति बेलौरीको नगर भेला तथा बनभोज कार्यक्रम बेलौरी नगरपालिकास्थित पर्यटकीय क्षेत्र शोभातालमा भएको छ । नगर समिति अध्यक्ष राधा काफ्लेको अध्यक्षता तथा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य हरिप्रसाद रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा नगर समिति महिला उपाध्यक्ष दुर्गा शर्मा खनालले स्वागत मन्तव्य राख्नुभएको थियो । नगर भेलामा संस्थागत विद्यालयतर्फ नर्मदा रिजाल, सामुदायिक विद्यालयतर्फ विर्षलाल विश्वकर्मा, सङ्गठनका नगर इन्चार्ज सत्यराज जोशी, पुनर्वास नगर इन्चार्ज शालिकराम खरालले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै नेकपा (एमाले) बेलौरी नगर कमिटी अध्यक्ष नमराज शाहीले पनि शुभकामना दिनुभएको थियो ।
सङ्गठनका जिल्ला समिति सचिव धनन्जय जोशीले सङ्गठनका विविध गतिविधिबारे धारणा राख्नुभएको थियो भने नगर भेलामा राष्ट्रिय समिति सदस्य धनमति बिष्टले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रमुख अतिथि तथा राष्ट्रिय समिति सदस्य एवम् कञ्चनपुर इन्चार्ज हरिप्रसाद रिजालले समसामयिक नेपालको शैक्षिक तथा पेसागत ट्रेड युनियन आन्दोलन, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको भूमिका, आगामी योजना तथा सङ्गठनका सदस्यहरूले खेल्नुपर्ने भूमिकाका विषयमा महत्त्वपूर्ण सुझावसहित आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रममा नगर समिति बेलौरीले जिल्ला समिति कञ्चनपुरका पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गर्नुका साथै कञ्चनपुर जिल्लाबाट राष्ट्रिय समितिमा निर्वाचित सदस्यहरू हरिप्रसाद रिजाल र धनमति बिष्टलाई बधाईसहित सम्मान गरेको थियो । त्यसैगरी बेलौरी नगरपालिका भित्र माध्यमिक शिक्षा परीक्षा २०८१ मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट जीपीए हासिल गर्न सफल श्री लक्ष्मी माध्यमिक विद्यालय जवदियाकी छात्रा रोशनी खनाललाई प्रशंसा पत्र तथा नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन नगर समिति सचिव टीका क्षेत्रीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस