२०८३ जेष्ठ १२, मंगलबार | Tue, 26, May, 2026

जंगली हात्तीबाट पुनर्वासका किसान पिडित बाली जोगाउन स्थानीय सरकारको पहल सुन्य


  • २०७९ पौष १८, सोमबार मा प्रकाशित ३ साल अघि
  • ६३७ पाठक संख्या
  • धनबहादुर बिक, पुनर्वास १८ पौष । कञ्चनपुर को दक्षिणी क्षेत्र पुनर्वास ९ सिताबस्ति मा जंगली हाति संगै बन्यजन्तु को आतंक सुरु भएको छ । भारतीय सिमा संग जोडिएको पुनर्वास नगरपालिका ९ सिताबस्ति मा हरेक बर्ष झै यस बर्ष पनि जंगली हाति तथा अन्य वन्यजन्तु ले वितण्डा मचाउन सुरु गरेको छ । भारतीय दुधुवा नेसनल पार्क बाट भित्रिएका जंगली हाति , निलगाई , चितल लगायत बन्यजन्तु ले सो क्षेत्र का एक दर्जन बढी किसानहरूको गँहुबाली र उँखु बाली खाएर साथै कुल्चियर नोक्सान गरेपछि स्थानीय हरू आतङ्कित हुनथालेका छन ।

    वन्यजन्तु ले पचासौं बिगाहमा लगाईएको गंहुबाली तथा उँखुबाली पुर्णरूपमा नोक्सानी गरेको छ भने बन्यजन्तु बस्तीमा पस्न थालेपछि स्थानीय हरू आतङ्कित हुनथालेका हुन । पुस १५ गते २ बजे राति भारतीय दुधुवा वनबाट एक्कासि भित्रीएका जंगली हातिको बथानले पुनर्वास ९ का पदम परियारको १० कट्ठा , राजेन्द्र सुनारको १० कठ्ठा , डल्ले सुनारको १० कट्ठा , धनु सुनारको १० कट्ठा , नारायण वड को १० कट्ठा , कलक बिक को १० कट्ठा , पदम बिकको १ बिघा , डिल्ली कोली र सुर्य बिक लगायत किसानको गहुँ बाली नष्ट गरेको छ भने जंगली हातिले प्रेम बिष्टको १० कट्ठा को उँखु पुर्ण रूपमा नष्ट गरेको छ ।

    पुनर्वास नगरपालिका ९ सिताबस्ति स्थित नेपाल भारत सिमा स्तम्भ १८६ पिलर नजिक भारतीय दुधुवा नेसनल पार्क बाट बर्षेनी भित्रिने गरेका जंगली हाति ले उम्रियर पाक्ने बेलासम्म नोक्सानी गर्ने गरेको दुधुवा निकुञ्ज वन्यजन्तु संघर्ष समिति सदस्य पदम परियारले बताए । जंगली हाति बस्तिमा पस्न थालेपछि हाथिबाट बाली संगै परिवारलाई जोगाउन रातभरि जाग्राम बस्नुपरेको पिडित धनु सुनारले बताईन । बाली लगाएपछि हाथि मात्रै नभई निलगाई , चितल , बँदेल ले पनि निरन्तर नोक्सान गर्नेगरेको स्थानीय सुर्य बिकले बताए ।

    हाथि बाट बाली जोगाउन फियान नेपाल गैरसरकारी संस्था को पहलमा केही भागमा मात्र बिधुत्तिय तार जाली जडान गरिएको छ भने तार जाली भएको स्थान मा आंशिकरूपमा जोगिन सफल भएपनि बिधुत्तिय तार जाली लगाउन अधुरो रहेको स्थानबाट वन्यजन्तु हरू भित्री नोक्सान गर्नेगरेको वन्यजन्तु पिडित संघर्ष समिति अध्यक्ष केशव तिमिल्सिना ले बताए । पिडित हरूले भारतीय जंगल संग जोडिएका प्लटमा बिधुत्तिय तार जाली जडान गरिनुपर्ने माग राखेका छन ।

    पुनर्वास नगरपालिका नगर प्रमुख तोया प्रसाद शर्माको आफ्नै वडा रहेको वडा नम्बर ९ का किसानको बाली जोगाउन स्थानीय सरकार को के कस्तो पहल हुनसक्छ भनी नगर प्रमुख शर्मा संग सम्पर्क गर्दा बाली अनुगमन गरि क्षतिपूर्तिका लागि प्रदेश सरकार र केन्द्र सरकारलाई अनुरोध गर्ने नगर प्रमुख शर्माले बताए । बिधुत्तिय तार जाली का लागि स्थानीय सरकार को बजेटले नभ्याउने र वन्यजन्तु पिडित संघर्ष समितिले नै पहल गर्छ नगर प्रमुख शर्माले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट