२०८३ श्रावण १७, आईतबार | Sun, 02, Aug, 2026

मृगौला उपचाररत बेलौरी यातायात प्रा लि का सदस्य खत्रीलाई सम्मानसहित आर्थिक सहयोग प्रदान


  • २०८२ मंसिर ५, शुक्रबार मा प्रकाशित ८ महिना अघि
  • ७९० पाठक संख्या
  • माधव पौडेल, ०५ मङ्सिर। बेलौरी नगरपालिका वडा नम्बर २ बन्धाताल निवासी मृगौला रोगका कारण उपचार‌ गराई रहनु भएका बेलौरी यातायात प्रा.ली.का सदस्य किसन खत्रीलाई। संस्थाले सम्मान सहित उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

    शुक्रबार  प्रा लिका अध्यक्ष ईश्वर बहादुर चन्द,उपाध्यक्ष हरीलाल रिजाल, कोषाध्यक्ष कृष्ण प्रसाद गौतम तथा सदस्य विरेन्द्र महत्ता सहितको टीमले खत्रीको आईबीआरडी बजारस्थित निवासमै पुगेर स्वास्थ्यलाभको कामना गर्दै नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरेको बेलौरी यातायात प्रा लीका अध्यक्ष ईश्वर बहादुर चन्दले जानकारी दिनुभयो।

    सहयोगका क्रममा अध्यक्ष चन्दले खत्रीले संस्थामा आवद्ध भएर जेष्ठ नागरिक, एकल महिला, असहाय तथा विपन्न वर्गका यात्रुलाई तोकिएको भाडादरको आधा शुल्कमा सेवा पुर्‍याएको भन्दै खत्रीप्रति समर्थन जनाउँदै संस्थाले सम्मानपत्र समेत प्रदान गरेको छ।संस्थाका सदस्यहरूबाट संकलित रकम यस अघि नै उपचारमा आवश्यक सहयोग पुग्ने अपेक्षासहित हस्तान्तरण गरिएको संस्थाले जनाएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट