धनबहादुर बिक,०४ मङ्सिर।कञ्चनपुरको दक्षिणी क्षेत्रका उखु उत्पादक किसानसंग सम्बन्धित सरोकारवाला तथा उखु बिज्ञहरूबिच एकदिने बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पुनर्वास उधोग वाणिज्य संघमा आयोजित कार्यक्रममा उखु उत्पादक किसान हरूले भोग्दै आउनुपरेका विविध समस्याहरू समाधान गर्ने उदेश्यले सम्बन्धित सरोकारवाला तथा उखु बिज्ञहरूबिच अन्तरक्रिया कार्यक्रम गरिएको हो।जिल्लाको दक्षिणी पुनर्वास तथा बेलौरी क्षेत्रका दुई सुगरमिल संग आबद्ध अगुवा उखु किसान बिच उखु उत्पादन लाई कसरी वृद्धि गर्ने , रोग नियन्त्रण गसरि गर्ने तथा उखु उत्पादनमा लागत खर्च कसरी कम गर्ने बिषयमा छलफल गरिएको थियो ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरको आयोजना तथा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको बिशेष पहल एबं पुनर्वास नगरपालिका को समन्वयमा उक्त कार्यक्रम को आयोजना गरिएको थियो।कार्यक्रममा सुदूरपश्चिम प्रदेश भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले कञ्चनपुरका उखु किसानले भोग्नुपरेको विविध समस्या समाधान गर्ने उदेश्यले मन्त्रालय उखु बिज्ञ तथा सरोकारवाला तथा उखु किसानबिच खुला छलफल को आयोजना गरिएको बताउनुभयो।कार्यक्रममा माथि प्रकाश पार्दै कृषि ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रचार निर्देशक हरि प्रसाद पनेरुले नेपालका उखु उत्पादक किसानहरूलाई आधुनिक प्रविधिसंग कसरी जोडन सकिन्छ ,कसरी कृषि यान्त्रिक जस्ता सामग्री लाई किसानको पउँच सम्म पुर्याउन सकिन्छ भन्ने उदेश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुभयो।
कृषि ज्ञान केन्द्रले उखु किसानहरूका लागि बर्सेनि कृषि यान्त्रिक अनुदानका कार्यक्रमहरू गरिदै आएको भएता पनि पछिल्लो समय उत्पादन लागत बढ्दै जाने तथा उखुमा रोग लगायत अन्य कारणले उत्पादन घट्दै गईरहेको अवस्थामा प्रविधिको उपयुक्त समायोजन कसरी गर्ने अनि उत्पादन वृद्धि कसरी गर्ने भन्ने बिषयमा सोही बिषयमा लामो समयदेखि काम गर्दै आउनुभएका राष्ट्रिय उखु वाली अनुसन्धान कार्यक्रम संयोजक एबं वरिष्ठ उखु बिज्ञ जितपुरका प्रमुख डाक्टर दिलराज यादवलाई निमन्त्रणा गरिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रचार बिभाग निर्देशक पनेरुले बताउनुभयो।
वरिष्ठ वाली बिज्ञ यादवका अनुसार उपयुक्त जात/बीउको अभाव हुनु ,जात अनुसार कटानी तालिकाको अभाव व्यवस्थित चलान वितरण प्रणाली र अग्रिम तालिकाको अभावः मिलहरुले अग्रिम कटानी गरिनु तालिका दिन नसक्नाले उखु कृषकले ताजा उखु आपूर्ति गर्न नसक्नु ,मिलमा पुगेका उखु समयमा तौल नहुनाले वासी उखु पेल्ने स्थिति जस्ता समस्या किसानले भोग्नुपरेको बताउनुभयो। उखु लगाउने सहि प्रविधिको अभाव तथा कृषि यान्त्रिक साधनको अभावले पनि किसान को उत्पादनमा कमि देखिन आएको उखु बिज्ञ डाक्टर यादवले औंल्याउनुभयो।
ड्रेनन्च प्रविधि बाटै उखु लगाउन पनि यादवले सुझाब दिनुभयो । उखु लगाउने ड्रेन्च प्रविधि भनेको उखुको बिरुवा रोपिसकेपछि बिरुवाको जराबाट सिधै पोषण, जैविक/रासायनिक पदार्थ,वा औषधि सोसाइने गरी घोल (solution) लाई बिरुवाको जरा वरिपरि ढल्काएर (drenching) हाल्ने प्रविधि हो।यसले बिरुवाले चाहिने पोषक तत्व तुरुन्त पाउन सक्छ र रोग–कीराबाट बचाउने प्रभाव पनि बलियो हुन्छ।
⭐ ड्रेन्च प्रविधिमा करिब के–के गरिन्छ ?
उखु रोपिसकेपछि बिरुवाको जरामा ५-१० से.मी वरिपरि खाल्डो जस्तो बनाइन्छ।त्यसमा पोषणयुक्त घोल (जैविक घोल, ट्राइकोडर्मा, ह्युमिक एसिड, माइक्रोन्यूट्रिएन्ट, कीटनाशक वा फफूंदनाशक) ढल्काएर हालिन्छ।बिरुवाले घोललाई जरा मार्फत तुरुन्त सोस्छ, जसले द्रुत वृद्धि र स्वास्थ्यमा मद्दत गर्छ।
⭐ ड्रेन्च प्रविधिका फाइदाहरू
जरा बलियो बनाउँछ, उखुको वृद्धि तीव्र हुन्छ।रोगजस्तै रेडरट, पोक्खा रोग, फंगस आदि नियन्त्रणमा सहयोग।
मलको उपयोग क्षमता (nutrient use efficiency) बढ्छ।पानी, मल तथा औषधि सिधै जरा क्षेत्रमा पुग्ने भएकाले प्रभाव छिटो देखिन्छ यादवले जानकारी दिँदै उहाँले उखु किसानले शुगर मिल संग समन्वय गरि अघि बढ्नुपर्ने सुझाव दिनुभयो ।अन्तरक्रियामा उखु किसान भरतबहादुर बिष्टले सरकारले उखु उत्पादक किसानलाई दिंदै आएको ७० प्रतिशत अनुदानलाई कटौती गरि ३५ प्रतिशत मा झार्नु दुखत बिषय भएको गुनासो व्यक्त गरे , त्यसतै किसान राजबहादुर रानाले सरकारले समयमै उखुको मुल्य निर्धारण नगर्दा साना तथा मझौला किसानहरू प्रत्यक्ष मारमा पर्दै आएको र विचौलिया लाई कमाउ धन्दा भएको बताउनुभयो।
उखु किसान अतिराम चौधरीले सम्बन्धित सरोकारवालाले कृषि यान्त्रिक मसिन हरू वितरण गर्दा होस वा अनुदानका बिषयमा वास्तविक किसानको पहिचान गर्नुपर्ने कुरामा जोड दिनुभयो।परम्परागत किसिमले उखु खेति गर्दै आएका पुनर्वासका किसानलाई यस्ता कार्यक्रमले आधुनिक उखु वाली कसरी लगाउने तथा उत्पादन लाई कसरी वृद्धि गर्ने बिषयमा यस्ता कार्यक्रम ले थप उरणजा मिल्ने पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माले बताउनुभयो।किसानहरूले उठान गरेको बिषयमा भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय का सचिव शँकर शाहले प्रस्ट्याएका थिए ।
कार्यक्रममा पुनर्वास मा रहेको भागेश्वर शुगर मिल तथा बेलौरीमा रहेको महाकाली ससगरमिल का करिब ३० जना उखु किसानको सहभागिता रहेको थियो।कार्यक्रम को सञ्चालन कृषि ज्ञान केन्द्र कञ्चनपुर का सूचना अधिकारी धर्मसिंह साउदले सञ्चालन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस