२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

नेवार समुदायको बजेट कटौती गरेको भन्दै नेवाः देय् दबूले बुझायो नगरप्रमुख चौधरीलाई ज्ञापनपत्र


  • बेलौरी अनलाईन
  • २०८२ आश्विन २७, सोमबार मा प्रकाशित १ साल अघि
  • ७२६ पाठक संख्या
  • बेलौरी, २७ असोज।बेलौरी नेवाः देय् दबू नगर समितिले नेवार समुदायका लागि चालू आर्थिक वर्ष २०८२/०८३ मा गरिएको बजेट कटौतीको विरोध गर्दै सोमबार बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीलाई ज्ञापनपत्र बुझाएको छ।समितिका अध्यक्ष सुरज श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि टोलीले नगरपालिकाले विगतका वर्षहरूमा नेवार समुदायको भाषा, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर बजेट उपलब्ध गराउँदै आएकोमा धन्यवाद ज्ञापन गर्दै यस वर्ष कटौती हुनु समुदायमाथि अन्यायपूर्ण कदम भएको उल्लेख गर्नुभएको छ।

    नेवाः देय् दबू बेलौरी नगर समितिको असोज २६ गते बसेको बैठकले बेलौरी नगरपालिकामा नेवार समुदायको जनसंख्या तुलनात्मक रूपमा कम भए तापनि हाम्रो भाषा, संस्कृति र परम्परा यस क्षेत्रको एक महत्त्वपूर्ण पहिचान हो। अल्पसंख्यक समुदायको संरक्षण र संवर्द्धनमा राज्यका निकायहरू थप संवेदनशील हुनुपर्ने कानुनी तथा सामाजिक मान्यता विपरीत हाम्रो समुदायलाई उपेक्षा गरिएको हाम्रो ठहर छ।तसर्थ, नगरपालिकाबाट यस विषयलाई गम्भीरतापूर्वक लिई हाम्रो चासोको अविलम्ब सम्बोधन हुनेछ भन्ने अपेक्षा राखेका छौं। अन्यथा, आफ्नो हक-अधिकार सुनिश्चित गर्न हामी थप कदम चाल्न बाध्य हुनेछौं भनी पत्रमा उल्लेख गरिएको छ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑