माधब पौडेल ,७ पौष ,कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ को कार्यालयको आर्थिक बर्ष २०७९/०८०को लक्षित बर्गको बजेट बाट ५ दिने डल तथा कुशन मेकिङ र ४ दिने च्याउ खेती सम्बन्धि तालिमको समापन भएको छ।
कार्यक्रमको अध्यक्षता बेलौरी नगरपालिका वडा नम्बर २ वडा अध्यक्ष कलबिर चौधरी रहेको थियो भने कार्यक्रममा बेलौरी नगरपालिका कृषि बिकाश शाखा का प्रमुख सुमनराज जोशी लगायत वडा सदस्य , वडा कार्यालयका कर्मचारीहरुको सहभागिता रहेको थियो।
बेलौरी नगरपालिका वडा नम्बर २ कार्यालयको आयोजना र कृषि बिकाश शाखा प्राबिधिक सहयोगमा कार्यक्रम सन्चालन भएको कार्यक्रममा च्याउ खेती तर्फ ३० जना र डल तथा कुशन मेकिङ तालीममा ३० जना गरि जम्मा ६० जनाको सहभागिता रहेको थियो । तालिममा महिलाको उल्लेखनीय सहभागिता रहेको बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलबिर चौधरीले जानकारी दिनुभयो। थियो। कार्यक्रमको समापनमा बोल्दै वडाध्यक्ष चौधरीले यस आर्थिक बर्षलाई परिक्षणकाल रूपमा लिएको र तालिम लाई आउँदो आर्थिक बर्षमा बजेट थप गरि लैजाने बताउनुभयो।कृषि बिकाश शाखा प्रमुख जोशीले तालिममा सहभागीता जनाउनु भएका प्रशिक्षार्थीहरु लाई धन्यवाद दिदै तालिम लिए पश्चात् च्याउ उत्पादन गरि उपभोक्तामा नपुर्याउदा सम्म तालीम नै रहने बताउदै बेलौरी नगरपालिका कृषि बिकाश शाखा बाट चाहिने सहयोगका लागि सदैव तयार रहेको बताउनुभयो । कार्यक्रमको सन्चालन बेलौरी नगरपालिका वडा नम्बर २ सचीव श्याम कुमार रानाले सञ्चालन गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस