माधब पौडेल, २८श्रावण। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ मा शाखा कार्यालय रहेको नबिल बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरको समन्वय,नेपाल रेडक्रस सोसाइटी उपशाखा त्रिपुरा शाखा सहयोगमा बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी, बेलौरी नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष विसराम चौधरी, निर्वतमान वडाध्यक्ष नन्द कुमार राना,नेपाल रेडक्रस सोसाइटी त्रिपुरा उपशाखाका सचिव सुरेन्द्र बोहरा,समाजसेवी यज्ञ कँडेल,नेपाली कांग्रेसका क्षेत्रीय गोपी प्रसाद उपाध्याय, उखु किसान हकहित समितिका अध्यक्ष हरि चन्द ठकुरी, सशस्त्र प्रहरी बि ओ पि पचुईका प्रतिनिधि,बेलौरी उद्योग वाणिज्य संघका सदस्य देव बहादुर शाही, लगायत ९० जनाको सहभागिता रहेको छ।
कार्यक्रममा बोल्दै नबिल बैंक शाखा कार्यालय कलकत्ताका शाखा प्रवन्धक पंकज भट्टले रगतको अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको बताउँदै अहिले रगतकै अभावका कारण ज्यान गुमाएका परेको बताउनुभयो।
रक्तदान कार्यक्रममा ३५ जना पुरुष,५ जना महिला गरी ४० जनाले रक्तदान गरेको नबिल बैंक शाखा कार्यालय कलकत्ताका शाखा प्रवन्धक पंकज भट्टले जानकारी दिनुभयो।हाम्रो सानो सहयोगले जीवन बचाउनका लागि बृहत रक्तदान कार्यक्रम को आयोजना गरी यही रक्तदान बाहिर जानुपर्ने भएकाले अहिले बैंकसंग समन्वयमा त्रिपुरा उप शाखाले कार्यक्रम राखेको नेपाल रेडक्रस सोसाइटी त्रिपुरा उपशाखाको सभापति दीपेन्द्र रायले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस