माधब पौडेल,२०श्रावण।कञ्चनपुरको बेलौरी नगरपालिकाको वडा नम्बर ३ र ५ मा मंगलबारबाट ऐलानी जमिनको नापजाँच सुरू गरिएको छ ।

बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले जनतालाई जमिनको मालिक बनाउने काम शुरु भएको बताउनुभयो।अहिले दुई वडाबाट शुरुवात गरिएको नापजाँच बाँकी वडाहरुमा समेत क्रमिक रुपमा नापजाँच गरिने बेलौरी नगरपालिकाका नगर उप प्रमुख जोगराम चौधरी बताउनुभयो।नगर उप प्रमुख चौधरीले नापजाँच शुरुवात गरिएसंगै जनतामा जमिनको मालिक बनाउने आशा पलाएको बताउनुभयो।भुमि समस्या समाधान आयोग कञ्चनपुरका सदस्य दिल बहादुर देउवाले आयोग मार्फत बेलौरीका दुई वडाहरुमा शुरुवात गरिएको नापजाँच अन्य पालिकाहरुमा समेत भईरहेको बताउँदै सदस्य देउवाले छुटफुटलाई समेत समावेस गरिने बताउनुभयो।
भुमि समस्या समाधान आयोग कञ्चनपुरका अध्यक्ष नेत्र प्रकाश पन्तले जिल्लाभरी नापजाँच शुरुवात गरिएको बताउँदै यस अघि केही वडा,पालिकाहरुमा लालपुर्जा वितरण गरिएको समेत बताउनुभयो। बेलौरी नगरपालिकामा ५ हजार ५ सय ३१ किसानले फारम भरेका छन्। बेलौरीमा नापजाँच शुरु भएपछि भुमिहिन, सुकुमबासी र अव्यवस्थित बसोबासी उत्साहित भएका छन ।
प्रतिक्रिया दिनुहोस