बेलौरी,१७ श्रावण।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पोखरी कटेजमा शनिबार नेकपा एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ इन्चार्ज कमला बोहराको संयोजनमा नेकपा एमाले कन्चनपुर क्षेत्र नं १ प्रदेश ख का जिम्मेवार नेतासहितको अनौपचारिक परामर्श बैठक सम्पन्न भएको छ ।
कञ्चनपुर क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ, नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञ कँडेल, एमाले नेता तथा पूर्व राज्यमन्त्री कुलबिर चौधरी,स्थानिय तहमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि लगायत जिम्मेवार नेता कार्यकर्याहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्ने अधिकांश नेताहरुले पार्टीको समसामयिक विषयमा संघीय संसद तारा लामा तामाङ र नेकपा एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ इन्चार्ज कमला बोहरा समक्ष विकास निर्माण,उखुको अनुदान रकम कटौती,हुलाकी सडक निर्माण ढिलाइ भएको विषयमा जिज्ञासा राख्दै बेथिति र भ्रष्टाचारका सवालमा पार्टीले शसक्त रुपमा उत्रनुपर्ने बताएका थिए।
कार्यक्रममा बोल्दै कञ्चनपुर प्रतिनिधि सभा सदस्य तारा लामा तामाङले विकास निर्माणका सवालमा संघीय बजेट मार्फत पुनर्वास,बेलौरी नगरपालिका,लालझाडी र बेलडाँडी गाउँपालिकामा विकास निर्माणमा बजेट माग गर्दै केही योजना सम्पन्न भएका र केही योजनाको ठेक्का खोलेको बताउनुभयो। उखुको अनुदान र हुलाकी सडक निर्माण विषयमा आफूले सदनमा मार्फत कुरा राख्दै सरकार समक्ष ध्यानाकर्षण गर्ने बताउनुभयो।तराई मधेस कार्यक्रम अन्तर्गत ३ करोड बजेट विनियोजन भएको समेत बताउनुभयो। बैठकमा बोल्दै नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य यज्ञ कँडेलले बेलाबेला नेता कार्यकर्ता बिच विचार विमर्श सहितको परामर्श बैठक राख्न सके कार्यकर्ता माझ राम्रो सन्देश जाने बताउनुभयो।
कार्यक्रमको समापनमा बोल्दै पार्टी केन्द्रीय कमिटी को नवौं पुर्ण बैठक सम्पन्न पस्चात केन्द्रीय सदस्य तथा क्षेत्र नं १ का ईन्चार्ज कमला बोहराको संयोजनमा पार्टीको तहगत कमिटीका नेताहरु संग अन्तर पार्टी निर्देशनका बिषय र क्षेत्र नं १ को समग्र राजनितीक अवस्था आगामी कार्ययोजनाका बिषयमा गम्भीर छलफल भएको बताउँदै आगामी बिधान महाधिवेशन भदौ २०-२२ को सन्दर्भमा संसोधन बिधान माथी छलफल र पार्टी माथी भईरहेका आन्तरिक र बाह्य आक्रमणको बिषयमा सम्पुर्ण नेतृत्व पंक्तीको एक धारणा सहित यस क्षेत्र भित्र रहेका समस्या चुनौती र नगरपालिकाको बेथितीका बिषयमा सशक्त भएर लाग्नुपर्नेमा जोड दिनुभएको थियो।
प्रतिक्रिया दिनुहोस