२०८३ बैशाख १७, बिहिबार | Thu, 30, Apr, 2026

बेलौरी नगरपालिकाद्वारा तिज पर्वको अवसरमा आईतबार स्थानीय बिदा ,कार्यवाहक नगरप्रमुख चौधरीको शुभकामना सन्देश 


  • २०८२ श्रावण ९, शुक्रबार मा प्रकाशित ९ महिना अघि
  • ५९० पाठक संख्या
  • माधब पौडेल ०९ श्रावण। कञ्चनपुरको बेलौरी नगरपालिकाले रानाथारु समुदायले विशेष रूपमा मनाउने तिज पर्वको अवसरमा बेलौरी नगरपालिकाले श्रावण ११ गते आइतबार स्थानीय बिदा दिने निर्णय गरेको छ।नगरपालिकाका कार्यवाहक नगर प्रमुख जोगराम चौधरीले शुभकामना सन्देशसहित एक सूचना जारी गर्दै राना थारु समुदायले विशेष महत्वका साथ मनाईने तिज पर्व २०८२ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दाजुभाई तथा दिदी बहिनी लगाएत सम्पूर्ण नगरवासीहरुमा सुख, शान्ति एवं समृद्वीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतीक भएको हाम्रो देशमा यस्ता चाड पर्वहरुले सामाजिक एकता, धार्मिक सहिष्णुता, भातृत्वलाई कसिलो बनाउने गरेको छ।बेलौरी नगरपालिकाले हरेक जाती, वर्ग, क्षेत्र, धर्म र समुदायका चाडपर्वहरुलाई समान रुपमा प्राथमिकता दिदै आएको अवगत गराउन चाहन्छु । साथै तिज पर्वमा होहल्ला तथा तडकभडक जस्ता कार्य नगरी यस पर्वलाई सभ्य, भव्य तथा आर्थिक रुपमा मितव्यायी बनाउन समेत आग्रह गर्दै बेलौरी नगरपालिका कार्यवाहक नगर प्रमुख स्तरीय निर्णयानुसार तिज पर्वको उपलक्ष्यमा श्रावण ११ गते बेलौरी नगरपालिका क्षेत्र भित्र स्थानीय बिदा दिएको छ।

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट