२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

पुनर्वास:सरस्वती माध्यमिक विद्यालयले”पढ्दै कमाउँदै” कार्यक्रम अन्तर्गत व्यावसायिक सीप सिकाउँदै


  • २०८२ अषाढ २०, शुक्रबार मा प्रकाशित ११ महिना अघि
  • ६०३ पाठक संख्या
  • लाल बहादुर एस के,२० असार। कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर २ मा रहेको श्री सरस्वती माध्यमिक विद्यालय मोतीबस्तीमा शुक्रबार सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र HELVETAS नेपालको प्राविधिक सहयोगमा एक विशेष कार्यक्रमका साथ “पढ्दै कमाउँदै” अभियान अन्तर्गत व्यवसाय अवधारणाको प्रस्तुती तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गगन बहादुर सुनार रहनुभएको थियो भने प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, विशिष्ट अतिथिमा पुनर्वास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष डम्मर बहादुर थापा लगायत समाजसेवी, बुद्धिजीवी, राजनीतिकर्मी, शिक्षक, शिक्षिका, खेलप्रेमी, अभिभावक,सञ्चारकर्मी लगायत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।कार्यक्रममा बोल्दै नगरप्रमुख शर्माले विद्यार्थीलाई उज्ज्वल भविष्यको कामना दिँदै सबैले यस्ता किसिमका उद्यमशील कार्यक्रममा जोड दिनुपर्छ र विद्यार्थीहरूले एक अनुशासन रुपमा चाहिँ आत्मनिर्भर हुँदै शिक्षा क्षेत्रलाई अगाडि बढाउने र उद्यमशील तर्फ लाग्ने बताउनुभयो।कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक जितेन्द्र पौडेलले “पढ्दै कमाउँदै” कार्यक्रमको बारेमा प्रकाश पार्दै भन्नुभयो, “विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी, व्यावसायिक सीप सिकाउने उद्देश्यका साथ यो कार्यक्रम अगाडि सारेका हौं। उनीहरूले विभिन्न परिकार बनाएर आफूले आर्जन गर्न सक्ने सीपको प्रदर्शन गरेका छन्।”

    विद्यार्थीहरूले तयार पारेका विभिन्न परिकारहरूलाई अतिथि, अभिभावक, जनप्रतिनिधिहरूको समूहले सुझाव र सल्लाह दिएका थिए। कार्यक्रमको अन्त्यमा उत्कृष्ट प्रदर्शन गर्ने समूहहरूको घोषणा गरी सम्मान पनि गरिएको थियो।विद्यालयका तर्फबाट यो कार्यक्रमलाई निरन्तरता दिने र विद्यार्थीहरूको सीप विकासमा अझ सक्रियता अपनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।कार्यक्रमको सन्चालन श्री सरस्वती माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक महावीर चन्दले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट