काठमाडौं,०७ जेष्ठ।काठमाण्ण्डौँको टोखा नगरपालिकाको बसुन्धारामा आयोजित “दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो च्याम्पियनसिपमा – ०८२” खेलकुद पत्रकार एवं बाह्रखरी डटकमका फोटो पत्रकार हरिश सिंह नगाल(क्षेत्री) संघीय राजधानीमा सम्मानित भएका छन ।

आइतबार सम्पन्न दोस्रो एसकेबिसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो च्याम्पियनसिपको समापन समारोहमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका १ स्थानीय घर भएका हाल बाह्रखरी मिडिया कार्यरत नगाल सम्मानित भएका हुन ।
डेढ दशक देखि कञ्चनपुरबाट खेलकुद क्षेत्रमा लागेका खेलाडी एवं खेलकुद पत्रकारिताका माध्यमबाट खेलकुदको प्रचारप्रसार एवं विकासमा कार्य गर्दै आएका उनलाई तेक्वान्दो खेल र समग्र खेलकुदको विकासमा योगदान र्पुयाएको भन्दै सम्मानित गरिएको एसकेबिसी तेक्वान्दो डोजाङका मुख्य प्रशिक्षक रंञ्जित गंडौराले बताए । पत्रकार नगाललाई टोखा नगरपालिका ५ का वडाध्यक्ष मदन गुरुङ र हेराल्ड इन्टरनेशनल कलेजका कोडिनेटरले संयुक्त रूपमा सम्मानित गरेका थिए । पत्रकार नगाल राष्ट्रिय फोटो पत्रकार समुहका केन्द्रियका साथै नेपाली मार्सल आर्ट बुदोकैदो फुलकन्ट्याक्ट कराँते संघका केन्द्रिय सदस्यका साथै ब्ल्याक बेल्ट ४ डान प्राप्त खेलाडी, प्रशिक्षकका साथै राष्ट्रिय निर्णायक समेत हुन् । सम्मानित भएपछि पत्रकार नगाल सम्मानको उच्च कदर गर्दै आगामी दिनहरुमा खेलकुद क्षेत्र विकासका लागि थप मेहनतका साथ लाग्ने बताएका छन । सम्मानबाट थप जिम्मेबारी थपिएको उनको अनुभूति छ।
प्रतिक्रिया दिनुहोस