२०८३ कार्तिक ९, आईतबार | Sun, 25, Oct, 2026

विद्यालय व्यवस्थापन समितिको अगुवाइमा लक्ष्मी मा.वि.जवदियाको नयाँ विद्यार्थी भर्ना कार्यक्रम आईतबारदेखी 


  • २०८२ बैशाख १२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९१० पाठक संख्या
  • माधब पौडेल,१२ बैशाख। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यामिक विद्यालय जवदियाले शैक्षिक सत्र २०८२ को भर्ना अभियान कार्यक्रमको जिम्मा विद्यालय व्यवस्थापन समिति लिने भएको छ।

    बुधबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नमराज शाहीको अध्यक्षता बसेको बैठकले शिक्षकहरुको आन्दोलनका बीच विद्यार्थी भर्ना अभियान एवं घरदैलो कार्यक्रम अगाडि बढाउने निर्णय गरेको बताउनुभयो। विद्यालयमा शैक्षिक सत्र २०८१को कक्षा आठको परीक्षाफल प्रकाशन भइसकेको बाँकी कक्षाहरु परीक्षाफल प्रकाशन नगरेपनि संस्थागत विद्यालयको परीक्षाफल प्रकाशन गरेकाले विद्यालय पढ्न चाहने विद्यार्थीहरुलाई सहज होस् भन्ने उद्दश्यले यस्तो निर्णय गरिएको समेत जानकारी दिनुभयो। विद्यालयले बालकक्षा र कक्षा १ का विद्यार्थीलाई स्कूल झोला,कक्षा १ देखि ५ सम्म र कक्षा ९ र १० मा अंग्रेजी माध्यम अध्यापन गराइने समेत अध्यक्ष शाहीले जानकारी दिनुभयो।।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑