२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

भूपू सैनिक संघ सुदूरपश्चिमको अधिवेसन सम्पन्न,अध्यक्षमा महरा 


  • २०८१ फागुन १५, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३८६ पाठक संख्या
  • किशोर तामाङ, १५ फाल्गुन नेपाल भूतपूर्व सैनिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कञ्चनपुरका धनसिंह महरा निर्विरोध निर्वाचित भएका छन् ।नेपाल भूतपुर्व सैनिक संघ प्रदेश सभाका अध्यक्ष दशरथ सिंह थापा ज्यूको अध्यक्षतामा आयोजित महेन्द्रनगरको भेलाबाट नयाँ कार्यसमिति चयन गरेको छ।

    बिहिबार महेन्द्रनगरमा आयोजित प्रथम अधिवेशन तथा भेलाबाट महराको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भए ।समितिको अध्यक्षमा महरा निर्वाचित भए भने उपाध्यक्षमा मान बहादुर तामाङ , महासचिवमा बिर बहादुर बोहरा सचिवमा जिन बहादुर तामाङ, कोषाध्यक्षमा हर्क राज गिरी, सदस्यहरूमा सदस्य : श्री महादेव भट्ट (बैतडी): श्री लोकेन्द्र बहादुर गरञ्जं (कैलाली) याम बहादुर राना(कैलाली) लक्ष्मीदत्त भट्ट (कञ्चनपुर) हरी बहादुर गुरुङ्ग (कैलाली)पदम सिंह धामी (कञ्चनपुर) चित्र बहादुर पुन (कंचनपुर) ईश्वर कुमार थापा,(कञ्चनपुर),प्रभा नन्द जोशी (कञ्चनपुर), अम्बा दत्त भट्ट (दार्चुला), धनसिंह धामी (दार्चुला), नरेन्द्र बडाल(दार्चुला),बिसन सिंह बोहरा (दार्चुला),रामीराम पार्की(दार्चुला),किशन नाथ (बैतडी), र जित बहादुर तामाङ (कञ्चनपुर) चयन भएका छन।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट