२०८३ श्रावण १९, मंगलबार | Tue, 04, Aug, 2026

बेलौरी:निरन्तर सामाजिक सेवामा काम गरिरहेका अटो व्यवसायी खत्रीलाई वडा कार्यालयद्वारा सम्मान


  • २०८१ फागुन १, बिहिबार मा प्रकाशित १ साल अघि
  • ५५८ पाठक संख्या
  • माधव पौडेल,१ फागुन। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ को कार्यालयले निरन्तर सामाजिक सेवामा काम गरिरहेका बेलौरी नगरपालिका २ बन्दतालका अटो व्यवसायी कृष्ण बहादुर खत्रीलाई बिहिबार एक कार्यक्रमका बीच सम्मान गरिएको छ। अटो व्यवसायी खत्रीले करिब ५ वर्षदेखि जेष्ठ नागरिक, दृष्टिविहिन, अशक्त अपाङ्ग र एकल महिलाहरुलाई आधा भाडामा ल्याउने लैजाने,सुत्केरी महिलाको हकमा गोकुलपुर स्वास्थ्य चौकी र बेलौरी प्राथामिक स्वास्थ्य केन्द्र सम्म निशुल्क सेवा दिंदै वडाका जनतालाइ पुर्याउँदै गरेको सेवाकाे उच्च कदर गर्दै आइरहनुभएका खत्रीलाई वडा कार्यालयले सम्मानद्वारा गरेको बेलौरी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष कलवीर चौधरीले जानकारी दिनुभयो। अटो व्यवसायी खत्रीले विभिन्न सामाजिक सेवामा सहयोग गर्दै आइरहनु भएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट