२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

महाकाली बहुमुखी क्याम्पस बेलौरीमा रक्तदान कार्यक्रम : ३९ पिन्ट रगत सङ्कलन


  • २०८१ श्रावण ३२, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ६२३ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ३२ साउन । कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम गरिएको छ । बेलौरी नगरपालिका कार्यालयको सहयोगमा महाकाली बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार आयोजना गरेको रक्तदान कार्यक्रममा क्याम्पसका पदाधिकारी, प्राध्यापक, विद्यार्थी,पालिकाका जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार,व्यवसायी, समाजसेवी तथा युवाहरूले रक्तदान गरेको स्ववियु सभापति नीरज भण्डारीले जानकारी दिनुभयो ।रक्तदान कार्यक्रममा ३९ पिन्ट रगत सङ्कलन भएको छ । सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र धनगढी कैलालीको जिम्मा लगाइएको स्ववियु उपसभापति महेन्द्र सिंह भाटले जानकारी दिनुभयो । महाकाली बहुमुखी क्याम्पस बेलौरीमा समय समयमा रक्तदान कार्यक्रम हुने गरेको र यस्ता कार्यहरूलाई निरन्तरता दिइने क्याम्पस प्रमुख धर्मराज जोशीको भनाइ छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट