२०८३ जेष्ठ ३०, शनिबार | Sat, 13, Jun, 2026

बेलौरीका किशोरको नोभा अस्पतालमा मृत्यु डाक्टरले लापरवाही गरेको आफन्तको आरोप


  • २०८१ श्रावण १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ६७० पाठक संख्या
  • धनगढी, १२ श्रावण। कैलाली स्थित धनगढीको नोभा अस्पतालमा कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ दिनापुरका एक किशोरको मृत्यु भएको छ।जन्डिस भएको भनेर श्रावण ७ गते भर्ना भएका कञ्चनपुरको बेलौरीका १७ वर्षका नसिभ चौधरीको शुक्रबार अपरान्ह मृत्यु भएको हो ।

    मृतकका आफन्तहरुले अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको बताएका छन। चौधरी मृत्यु पश्चात् अस्पतालमा तनावको स्थिति उत्पन्न भएको छ।श्रावण ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि नोभा अस्पताल आएका थिए । उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो ।नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको आरोप लगाउनु भयो। परिवारले अस्पताल प्रशासनलाई बारम्बार अन्यत्र रिफर गर्न आग्रह गरेका समेत चौधरीले बताउनुभयो।अस्पतालले न त उचित उपचार गर्यो, न त रिफर नै गर्यो।परिवारले शव नबुझ्ने अडान लिएका छन् ।उता अस्पताल प्रशासनले भने लापरबाही नरहेको जनाएको छ। आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन् ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट