२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

कुण्डा सव डिभिजन वन कार्यालयद्वारा निशुल्क बिरुवा बितरण सुरु


  • २०८१ अषाढ २६, बुधबार मा प्रकाशित १ साल अघि
  • १०४१ पाठक संख्या
  • माधव पौडेल, २६असार। कञ्चनपुरको कुण्डा सव डिभिजन वन कार्यालय द्वारा हरियाली बढाऔँ पर्यावरण संरक्षण गरौं काठ दाउरा डालेघाँसमा आत्मनिर्भर बनौ भन्ने मूल नार सहित बुधबार बाट निशुल्क बिरुवा बितरण कार्यक्रमको पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले निःशुल्क बिरुवा बितरण कार्यक्रमकाे शुभारम्भ गर्नुभएको हो।

    डिभिजन वन कार्यालय कञ्चनपुरको आर्थिक वर्ष २०८०/०८१ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कुण्डा सब डिभिजन वन कार्यालय पचकडिया कंचनपुरको नर्सरीमा उत्पादन भएका टिक मसला टाकी कोइरालो सिसौ मोरिंगा प्रजातिका बिरुवाहरू यही असार २६ गतेदेखि निःशुल्क रुपमा वितरण गर्न सुरु गरिएको कुण्डा सव डिभिजन कार्यालयका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो।वितरण प्रकिया ५० बिरुवा को लागि नेपाली नागरिकता को प्रतिलिपि ५० देखि ५०० बिरुवा सम्म को लागि जग्गाधनी प्रमाणपत्र ५०० बिरुवा भन्दा माथि स्थानिय बडा कार्यालयको सिफारिस बिधालय ,संघ संस्था सार्वजनिक निकाय कार्यालयले बृक्षारोपण गर्ने स्थान खुलाई सम्बन्धित् कार्यालयको आधिकारिक पत्र सहित आए पश्चात बिरुवा उपलब्ध गराइने समेत बताउनुभयो। कार्यक्रम बोल्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले बिरुवा बितरण गरिए सँगै वितरण गरिएका बोट बिरुवाको वन कार्यालयले अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो।कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर उपप्रमुख भुलिया कुमारी राना,पुनर्वास नगरपालिकाका निवर्तमान नगर प्रमुख जीवनराज थापा, वडाध्यक्ष,वन कार्यालयका कर्मचारी लगायत स्थानिय सञ्चारकर्मीको उपस्थिति रहेको थियो।यस वर्ष कुण्डा सब डिभिजन वन कार्यालयबाट ५० हजार बिरुवा वितरण गरिने प्रमुख यादवले जानकारी दिनुभयो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट