२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

कृषि विकास शाखाको आयोजनामा २१औ राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न।।


  • २०८१ अषाढ १५, शनिबार मा प्रकाशित १ साल अघि
  • ३८८ पाठक संख्या
  • माधव पौडेल, १५ असार। कञ्चनपुरको बेलौरी नगरपालिका कृषि विकास शाखाको आयोजना  र  पारिजात कृषि समुह  बेलौरी नगरपालिका ३ खिरियामा रहेको सहयोगमा” जलवायु मैत्री कृषि, धान उत्पादनमा बृद्धि”भन्ने मुल नाराका साथ २१औ राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव सम्पन्न भएको छ।कार्यक्रमको पारिजात कृषि समूहको अध्यक्ष शर्मिला कार्की, प्रमुख अतिथिमा बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सीताराम रिजाल रहनुभएको थियो। कार्यक्रममा बेलौरी नगरपालिका कृषि विकास शाखाका प्रमुख सुमनराज जोशी, लगायत सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयहरूको उल्लेखनीय सहभागिता थियो।नेपालमा करिब ८५ प्रतिशत मान्छेहरु कृषिमा निर्भर रहेको बताउँदै।पालिकाले कृषि कार्यला प्रोत्सानस्वरुप विगत वर्ष देखि नै कृषिमा बढी बजेट विनियोजन गरी कृषकलाई आवश्यक सामग्रीहरु हस्तान्तण गरिँदै आईरहेको बेलौरी नगरपालिका कृषि विकास शाखाका शाखा प्रमुख सुमनराज जोशीले बताउँदै धान दिवसको अवसरमा बेलौरी नगरपालिका वडा नम्बर ३ का मायाराम शर्माको खेतबारीमा धान रोपी धान दिवस मनाइएको शाखा प्रमुख जोशीले बताउनुभयो।असार १५ मा दह चिउरा खाने प्रचलन छ।यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दही चिउरा खाने गर्दछन् । दहीको महत्त्व असाध्यै धेरै छ। यो दिन अरू दिनको तुलनामा दहीको खपत धेरै हुन्छ।अघिपछि कहिल्यै दही नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दही खाने गर्दछन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट