कञ्चनपुर, २३ जेठ ।पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका क्षेत्रमा रहेको सडकको अतिक्रमण जमिन खाली गराईदैछ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगर र शुक्लाफाँटा नगरपालिकाले संयुक्त रुपमा सडकको अतिक्रमित क्षेत्र खाली गराईदैछ । मंगलबारदेखि शुक्लाफाँटा नगरपालिका र सडक डिभिजन कार्यालय महेन्द्रनगरको संयुक्त टोलीले बनसमितिदेखि कलुवापुरसम्मैको अतिक्रमण राजमार्ग क्षेत्रको सडक खाली गराईन लागिएको नगरपालिकाले जनाएको छ ।
शुक्लाफाँटा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले राजमार्ग अन्तर्गत रहेको मुल सडकको क्षेत्र केही व्यक्ति व्यवसायीले अतिक्रमण गरेर अस्थायी सरचना बनाएको बताए । ‘विच सडकदेखि दायाँबायाँ २५÷२५मिटर अतिक्रमित क्षेत्र खाली गर्न लागेका छौँ,। ‘बनसमिति बजारदेखि शुरु गरेर झलारीबजारसम्म खाली गराएका छौँ, ‘उनले भने, ‘अब झलारीदेखि पनि कलुवापुर बजारसम्मै सडक क्षेत्रको अतिक्रमित जमिन खाली गछौँ ।’ प्रमुख प्रशासकीय अधिकृत विष्टले यस अघि नगरपालिकाले पटक पटक सुचना जारी गरेपनि केहीले आफै हटाएको केहीले अटेरी गर्दा हटाउन डोजर प्रयोग गरेर हटाउन लागेको बताए ।
‘सडक क्षेत्रको अतिक्रमित जमिन खाली गराउन हामीले गरेको प्रयासबाट एकातिर बजारको सौन्र्दयता पनि बढ्छ, ‘उनले भने, ‘अर्कातिर सडक दुर्घटना न्यूनिकरणदेखिका थुप्रै फाईदा हुन्छन ।’ प्रमुख प्रशासकीय अधिकृत विष्टले झण्डै साढे पाँच किलोमिटर क्षेत्रमा रहेको अतिक्रमण खाली गराईने बताए । शुक्लाफाँटा नगरपालिका पूर्वाधार विकास समितिका संयोजक बहादुर सिह महराले सडक डिभिजन वनबाट अनुरोध भए अनुरुप पालिकाले आफ्नो कार्य क्षेत्रमा रहेको अतिक्रमण हटाउन लागेको बताए । संयोजक महराले बजार क्षेत्रमा रहेको सडकको अतिक्रमित क्षेत्र खाली गराउन पटक पटक सुचना जारी गरिएको र केही व्यवसायीले आफै गरेको र केही आफैले नगर्ने हामीले डोजर सहितको जनशक्ति लगाएर हटाएको बताए ।
शुक्लाफाँटा नगरका प्रवक्ता लाल बहादुर ऐरले पालिका र सडक डिभिजनको संयुक्त प्रयासबाट राजमार्गको जमित अतिक्रमण गरेर बनाईएका अस्थायी प्रकृति, सिँडी सहितका खोकाछाप्रा हटाउन बाध्य भएर डोजर प्रयोग गरिएको बताउनुभयो ।केहीले आफै खाली गर्दै छन, केहीले गरिसके, खटेरी गर्ने संरचनामाथि डोजर चलाएर खाली गराएका छौँ ।’
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख ईन्जिनियर हरि सुवेदीले सरकारले अतिक्रमित जमिन खाली गराउने योजना अनुरुप नै सडक डिभिजन कार्यालयले स्थानीय सरकारसंग समन्वय गरेर सडकको अतिक्रमित क्षेत्र खाली गराउन लागेको बताए । ‘यो हामीले शुरुवात शुक्लाफाँटा नगरपालिकाबाट शुरुवात गरेका छौँ, ‘उनले भने, ‘अतिक्रमित गरेको सडकको क्षेत्र खाली गर्दै सरक्षण पनि गछौँ ।’ पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत गड्डाचौकीदेखि गुलरिया मोहना नदीसम्मको अतिक्रमित क्षेत्र खाली गरेर सडक सुरक्षित गर्ने लक्ष्य रहेको बताउनुभयो।
शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले लामो समयदेखि सडकको अतिक्रमित क्षेत्र खाली गर्न पालिकाले प्रयास गरेपनि गर्न नसकेको र अहिले संयुक्त रुपमा गर्न लागेको बताउनुभयो ।मेयर महराले अतिक्रमित क्षेत्र खाली गरेर संगै विद्युतको पोल समेत व्यवस्थित रुपमा राखिने बताए । ‘अब हामी यो कामलाई निरन्तर अघि बढाउँछौँ।अब सबैले पनि सडकको जमिन अतिक्रमण गर्न पाउँदैन ।यसरी राजमार्ग क्षेत्रको अतिक्रमित जमिन खाली गराउँदा एकातिर राजमार्गको सुरक्षा अर्कातिर सडक बजारको सौर्न्दर्यता बढ्नेछ । स्थानीयले समेत शुक्लाफाँटा स्थानीय सरकार सडक डिभिजन कार्यालयको संयुक्त प्रयासबाट अतिक्रमित क्षेत्र खाली गराउने काम सरानिय भएको भन्दै निरन्तरतामा जोडदिएका छन ।
प्रतिक्रिया दिनुहोस