२०८३ बैशाख १८, शुक्रबार | Fri, 01, May, 2026

विद्यार्थी दिवस: क्रान्तिकारीद्वारा अनाथ विद्यार्थीलाई शैक्षिक समाग्री वितरणदेखि शैक्षिक विकृती रोक्न जिससलाई ज्ञापन


  • २०८१ जेष्ठ १, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७४४ पाठक संख्या
  • कञ्चनपुर, ०१जेठ।अखिल क्रान्तिकारीले कञ्चनपुरका अनाथ बालबालिका(विद्यार्थी)लाई शैक्षिक समाग्री सहयोग गरेको छ । विद्यार्थी दिवसको अवसर पारेर क्रान्तिकारीले जिल्लाका अनाथ बालबालिकाहरुलाई शैक्षिक समाग्री सहयोग गरेको हो ।

    नेकपा माओवादी निकट अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले विद्यार्थी दिवसको अवसर पारेर अभिभावक बिहिन भएका विद्यार्थीहरुलाई शैक्षिक समाग्री वितरण गरेको बताउनुभयो। क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टका अनुसार महेन्द्रनगर स्थित समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकाहरुलाई शैक्षिक समाग्री वितरण गरिएको छ । ‘हामीले निरन्तर विद्यार्थीको हकहितका लागि संघर्ष गर्दै आएको अवस्थामा विद्यार्थी दिवसकै दिन सबैभन्दा समस्यामा परेका अभिभावक नै गुमाएका विद्यार्थीलाई कापी कमल सहितका शैक्षिक समाग्री दिएका छौ।आगामी दिनमा समेत बेसाहरा विद्यार्थीदेखि आम विद्यार्थीको हकहितका लागि काम गछौँ ।’

    यसका साथै क्रान्तिकारीले चालु शैक्षिक सत्रको विद्यार्थी भर्ना प्रवृति रोक्नका लागि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालाई ज्ञापन पत्र बुझाएको छ । क्रान्तिकारी संयोजक विष्टले यस अघि क्रान्तिकारी र सरोकारवालाविच भएको सहमती कार्यान्वयन, विद्यार्थीले पाउनुपर्ने ४५ प्रतिशत गाडीभाडा छुट कार्यान्वयन, ओसिएन पब्लिगेशनले अनुचित लेनदेन छानबिन हुनुपर्ने माग अघि सारेका छन । जिसस कञ्चनपुर प्रमुख दुर्गादत्त बोहराले जिल्लाको शैक्षिक सुधारका लागि क्रान्तिकारीले अघि सारेका एजेण्डा कार्यान्वनयमा भूमिका निर्वाह गर्ने बताउनुभयो। क्रान्तिकारी कञ्चनपुरका नेता कार्यकर्ताहरुले विद्यार्थी दिवसका अवसरमा शैक्षिक समाग्री वितरणदेखि शैक्षिक विकृती बिरुद्ध जिसस प्रमुखको ध्यानार्षण गराएका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट