२०८२ फागुन २८, बिहिबार | Thu, 12, Mar, 2026

भीमदत्त नगरपालिका -११ द्वारा विद्यार्थीहरूलाई विद्यालय पोशाक वितरण


  • २०८१ बैशाख ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • ६४७ पाठक संख्या
  • प्रकाश भट्ट,३० बैशाख। कञ्चनपुरको भीमदत्त नगरपालिका -११ भुजेला स्थित महाकाली जनज्योति आधारभुत विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ । आइतबार भीमदत्त नगरपालिका वडा नम्बर -११ ले विद्यालयमा कक्षा ६ र कक्षा ७ मा अध्ययनरत ३२ जना विद्यार्थीलाई विद्यालय पोसाक (टि सर्ट र ट्रयाक सुट) वितरण गरेको वडा अध्यक्ष प्रकाश थापाले बताउनुभयो।

    वडा अध्यक्ष प्रकाश थापाले विद्यार्थीलाई पोशाक हस्तान्तरण गर्दै यो कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने विश्वास व्यक्त गरे । विद्यार्थीलाई एक/एक सेट ट्रयाकसुट र एउटा टिसर्ट वितरण गरिएको विद्यालयले जानकारी दिएको छ । यो कार्यक्रमले विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउने विश्वास गरिएको छ ।

    साथै विद्यालयका प्रधानाध्यापक तर्क राज जोशीले विद्यालयमा विपन्न समुदायका बालबालिकाहरू अध्ययन गर्दै आएको र विद्यालय पोशाक अनिवार्य भए पनि विद्यालयले उपलब्ध गराउन नसकेको अवस्थामा पोशाक पाउँदा निकै खुसी लागेको बताएका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट