माधव पौडेल, कञ्चनपुर, २६ बैशाख । महालक्ष्मी विकास बैङ्क शाखा कार्यालय बेलौरी कञ्चनपुरले इलाका प्रहरी कार्यालय बेलौरीलाई ४ थान लागू औषध दुर्व्यसनी सम्बन्धी होडिङ बोर्ड हस्तान्तरण गरेको छ । बैङ्कले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत बुधबार एक कार्यक्रमको आयोजना गरेर इलाका प्रहरी कार्यालय बेलौरी हस्तान्तरण गरेको हो । विगतका वर्षदेखि नै बेलौरी क्षेत्रमा बैङ्कले सामाजिक संस्थागत उत्तरदायित्व अन्तर्गत विभिन्न सामाग्रीहरू सहयोग गर्दै आइरहेको छ । व्यावसायिक, सामाजिक र व्यवहारिक रूपले बेलौरीसँग नजिक भएर सेवा दिइरहेको बताउँदै महालक्ष्मी विकास बैङ्कले यस क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पटक पटक विभिन्न सामग्री हस्तान्तरण गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यहरूलाई निरन्तरता दिने महालक्ष्मी विकास बैङ्क सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले बताउनुभयो । 
पछिल्लो समयमा लागू औषध सम्बन्धी कुलतका घटना बढ्दो क्रममा देखिएकाले रोकथाममा सहयोग पुर्याउने उद्देश्यले ४ थान लागू औषध दुर्व्यसनी र सजाय सम्बन्धी जनचेतनामूलक होडिङ बोर्ड इलाका प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको शाखा प्रमुख हेम बहादुर बोहराले जानकारी दिनुभएको छ । महालक्ष्मी विकास बैङ्क लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न सङ्घ संस्थाहरूलाई सहयोग गर्दै आइरहेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यले यस बैङ्कले ‘एक शाखा; एक सामाजिक उत्तरदायित्व’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । बैङ्कले कोशी प्रदेश मा ५, मधेस प्रदेशमा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदूरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरू मार्फत करिब ६ लाख ग्राहकलाई उच्चस्तरीय वित्तीय सेवाहरू सरलिकृत तवरले प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस