२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

ब्राइट स्टार बोर्डिङ स्कुलले मनायो रजत जयन्ती


  • २०८१ बैशाख २०, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५६१ पाठक संख्या
  • कञ्चनपुर, २० बैशाख । कञ्चनपुरको बेलौरीमा रहेको ब्राइट स्टार बोर्डिङ स्कुलले रजत जयन्ती मनाएको छ । २०५५ सालमा स्थापित ब्राइट स्टार बोर्डिङ स्कुलले बिहीबार २५ औँ वार्षिकोत्सव तथा रजत जयन्ती मनाएको हो । समारोहमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको विद्यालयका प्रिन्सिपल विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । त्यस्तै, शैक्षिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउनु हुने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।

    विद्यालयका संस्थापक तारामणि न्यौपानेको सभाध्यक्षतामा आयोजित रजत जयन्ती समारोहमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बेलौरी क्षेत्रको शिक्षामा अग्रणी भूमिका निर्वाह गर्नुभएका प्रेम सिंह बोहरा, यमप्रसाद खरेल लगायत बेलौरी क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापकहरू एवं प्रतिनिधिहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरू, शिक्षाप्रेमी, बुद्धिजीवी, व्यापारी, समाजसेवी, उद्योगी व्यवसायी, अभिभावकहरू, पूर्वविद्यार्थीहरू लगायतको आतिथ्यता रहेको विद्यालयले जनाएको छ ।

    समारोहका सबै वक्ताहरूले ब्राइट स्टार बोर्डिङ स्कुलले यस क्षेत्रको शैक्षिक विकासमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको छ । ब्राइट स्टार बोर्डिङ स्कुलले यस क्षेत्रमै अब्बल नतिजा दिँदै आएकोमा वक्ताहरूले प्रशंसा गर्नुभयो । सर्वसुलभ शुल्कमा आफ्ना नानीबाबुहरूलाई पढाउन पाएकोमा अभिभावकहरूले खुसी व्यक्त गर्नुभएको छ । संस्थागत र सामुदायिक विद्यालयका तर्फबाट भएको उपस्थितिको मुक्त कण्ठले प्रशंसा गर्दै अब झन् जिम्मेवारी थपिएको विद्यालयले जनाएको छ । अब थप जिम्मेवार भई गुणस्तरीयता बढाउने तर्फ लाग्ने ब्राइट स्टार बोर्डिङ स्कुलले प्रतिबद्धता जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट