२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

लागु औषध, धूम्रपान तथा मदिराको कारोबारमा बेलौरी नगरपालिका वडा नम्बर ४ को निगरानी


  • २०८१ बैशाख १७, सोमबार मा प्रकाशित २ साल अघि
  • ७६३ पाठक संख्या
  • माधव पौडेल । हरिश्चन्द्र बाग, कञ्चनपुर, १७ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ को कार्यालयले लागु औषध, धूम्रपान तथा मदिराको कारोबारमा निगरानी बढाएको छ । आफ्नो वडा क्षेत्र भित्र हुने लागु औषध, धूम्रपान तथा मदिराको कारोबारमा निगरानी बढाएको बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले जानकारी दिनुभयो । लागु औषध, धूम्रपान तथा मदिरा सेवनबाट ठुलो जनधनको क्षति हुनुको साथै समाजमा विकृति बढ्दै गइरहेको हुँदा सर्वसाधारण मानिसहरूको हित र स्वास्थ्यलाई मध्यनजर गर्दै वडा कार्यालयले सोमबार एक सूचना जारी गरेको छ । कानुन विपरीत अवैध रूपमा मदिरा उत्पादन, ओसारपसार तथा विक्री वितरण गर्न नपाइने, उमेर नपुगेका (१८ वर्ष मुनिका) बालबालिकाहरूलाई लागु औषध, धूम्रपान तथा मदिरा विक्री वितरण गर्न नपाइने वडाले जनाएको छ । त्यस्तै, अनुमति पत्र लिएकाले मात्र साँझ ५ः३० बजे देखि राति १०ः०० बजेसम्म मात्र नियमानुसार मदिरा विक्री वितरण गर्न पाइने जनाउँदै अनुमति पत्र नलिई तथा समयको पालना नगरी जथाभाबी मदिरा विक्री वितरण गरेको पाइएमा जफत गरिनुका साथै प्रचलित कानुन बमोजिम कारबाही हुने वडाले जनाएको छ । मदिरा तथा धूम्रपान सेवन गरी सार्वजनिक स्थानमा होहल्ला झैझगडा गर्न तथा सवारी साधनहरू चलाउन नपाइने र कानुनले निषेध गरेका लागु औषध ओसारपसार, विक्री वितरण तथा सेवन गर्न नपाइने जानकारी दिँदै यदि त्यस्तो भए गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने वडाले चेतावनी दिएको छ । बेलौरी नगरपालिका वडा नम्बर ४ भित्र लागु औषध, धूम्रपान तथा मदिरा नियन्त्रण र व्यवस्थित गरी विकृति विसङ्गति हटाई सुरक्षित तथा सभ्य समाज निर्माण गर्ने उद्देश्य रहेको हुँदा व्यापारी, व्यवसायी, सर्वसाधारण तथा सरोकारवालाहरू सबैलाई उक्त कुराहरू जानकारी तथा पालना गर्न गराउन हुन अनुरोध गरिएको छ । जनप्रतिनिधि, उद्योग वाणिज्य सङ्घका पदाधिकारी, प्रहरी, सञ्चारकर्मी लगायतको उपस्थितिमा उक्त निर्णय गरिएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट