२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

अवैध लागू औषध सहित तीन जना पक्राउ


  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ६१० पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, १६ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ बैशाखाबाट १.६५ ग्राम अवैध लागू औषध खैरो हेरोइन सहित धनगढी उप-महानगरपालिका १ बस्ने १९ वर्षीया दीक्षा लामिछाने समेत दुई जनालाई शनिबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले पैदल हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा उनीहरूको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरेर पक्राउ गरेको हो ।

    यसै गरी, कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ ऐठपुरबाट ०.२२१ मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन सहित सोही ठाउँ बस्ने २८ वर्षीय हरिश जोशीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरेर पक्राउ गरेको हो । यी दुवै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट