२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

उद्योगी व्यवसायीका समस्या समाधान तर्फ ध्यान दिन प्रधानमन्त्रीको ध्यानाकर्षण 


  • २०८१ बैशाख १०, सोमबार मा प्रकाशित २ साल अघि
  • ४९५ पाठक संख्या
  • प्रकाश भट्ट,१० बैशाख। कञ्चनपुर उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई ज्ञापन पत्र बुझाएको छ ।आइतबार कञ्चनपुर महेन्द्रनगरमा आएका प्रधानमन्त्री प्रचण्डलाई उद्योग वाणिज्य संघले ज्ञापन पत्र बुझाएको हो ।

    कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर प्रसाद बोहराले जिल्लामा रहेका औद्योगिक क्षेत्रको वृद्धि विकास र उद्योगी व्यवसायीका समस्या समाधानका लागि प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको बताउनुभयो ।

    महासचिव बोहराले जिल्लामा सञ्चालनमा रहेका दैजी छेला औद्योगिक क्षेत्र, सुक्का बन्दरगाह सहितका औद्योगिक क्षेत्रको योजना अघि बढाउन प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गरेको बताउनुभयो। ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले उद्योगी व्यवसायीका समस्यामा समाधान गर्ने तर्फ सरकार लागि परेको बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट