२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

काँग्रेस महामन्त्री गगन थापाद्वारा पुनर्वासमा रहेको प्याराताल अवलोकन 


  • २०८१ बैशाख ४, मंगलबार मा प्रकाशित २ साल अघि
  • १११० पाठक संख्या
  • कञ्चनपुर ,०४ बैशाख ।पर्यटन प्रबर्द्धनका लागि नागरिक स्तरबाट पहल गरिएको कञ्चनपुरको पुनर्वास स्थित प्यारा तालको नेपाल सरकारका पुर्व मन्त्री तथा नेपाली काँग्रेसका महामन्त्री  गगन कुमार थापाले अवलोकन गरेका छन् ।

    संवाद यात्राका क्रममा मंगलवार कञ्चनपुरको पुनर्वासमा पुगेका काँग्रेस महामन्त्री थापाद्वारा जैविक महत्वको प्यारातालको पर्यटन बिकासका लागि नागरिक स्तरबाट सुरु गरिएका पहलहरुको जानकारी लिदै निर्माण गरिएका संरचनाहरुको अवलोकन गरेका हुन ।

    प्यारा ताल परिसरमै संचारकर्मीहरु संग बोल्दै नागरिकहरुको स्वस्फूर्त लगानीमा तालको पर्यटन बिकासका लागि गरिएको प्रयास प्रशंसनीय रहेको महामन्त्री थापाले बताउनुभयो। सरकारको मुख नताकि बिकास निर्माणका काममा नागरिक स्तरबाट गरिएको यो पहलले सार्थक परिणाम ल्याउने उनले बताउनुभयो। नागरिक पहलमा यहाँ भइ रहेका कामहरुको फ्लो अपमा आफू रहने अवलोकन गर्न ताल परिसर पुगेका महामन्त्री थापाले बताए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट