२०८३ श्रावण १५, शुक्रबार | Fri, 31, Jul, 2026

बेलौरीबाट लागू औषध खैरो हेरोइन सहित भारतीय नागरिक पक्राउ


  • २०८० चैत्र ६, मंगलबार मा प्रकाशित २ साल अघि
  • ४६८ पाठक संख्या
  • कञ्चनपुर,०६ चैत्र। कञ्चनपुरको बेलौरीबाट लागू औषध सहित एक किशोर पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नम्बर ६ नकैयाबाट १० दशमलव ०२ ग्राम लागू औषध खैरो हेरोइन सहित भारतको लखिमपुर जिल्लास्थित खजुरीया बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय बेलौरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनलाई पैदल आउँदै गरेको अवस्थामा शङ्का लागी चेकजाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला पारी आवश्यक प्रक्रिया पुरा गरेर पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट