२०८३ श्रावण १४, बिहिबार | Thu, 30, Jul, 2026

बेलौरी नगरपालिका वडा नम्बर ४ मा लालपुर्जा वितरण गरिने, दाबी बिरोधका लागि ७ दिने सुचना जारी


  • २०८० चैत्र ६, मंगलबार मा प्रकाशित २ साल अघि
  • १३९३ पाठक संख्या
  • माधब पौडेल,०६ चैत।कंचनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ वडा कार्यालयले अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गर्ने तयारी गरेको छ । मंगलबार वडा नम्बर ४ कार्यालयले  दावी बिरोधका लागि सात दिने सुचना प्रकाशित गरेको छ।बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले आयोगले निकालेको सुचनामा चित्त नबुझेमा लिखित रुपमा निवेदन दिन अनुरोध गर्नुभएको छ।

    भुमी आयोगले २०७८ चैत १० गतेदेखि २०७९ भाद्र २८ सम्म नापजाँचको काम सम्पन्न गरेको वडाध्यक्ष ढकालले बताउनुभयो ।पहिलो चरणमा ६९ जनालाइ लालपुर्जा वितरण गरिने जनाइएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट