२०८३ अषाढ ३, बुधबार | Wed, 17, Jun, 2026

एमाले कञ्चनपुरको अध्यक्षका लागि चन्द र बुढा चुनावी मैदानमा


  • २०८० चैत्र ३, शनिबार मा प्रकाशित २ साल अघि
  • ६५६ पाठक संख्या
  • कञ्चनपुर, ३ चैत्र।नेकपा एमाले कञ्चनपुरको नयाँ नेतृत्वका लागि प्रकृया शुरु भएको छ । सहमती हुन नसकेपछि नेतृत्व चयनका लागि चुनावी प्रकृया शुरु भएको हो। बिहीबारदेखि महेन्द्रनगरमा शुरु भएको एमाले कञ्चनपुरको ९औँ अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सहमती हुन नसकेपछि चुनावी प्रकृया अघि बढेको एमाले नेताहरुले बताएका छन ।

    एमाले कञ्चनपुरको अध्यक्षका लागि अशोक कुमार चन्द र लक्ष्मी बुढा चुनावी मैदानमा होमिएका छन । एमाले निर्वाचन समितिका अध्यक्ष अध्यक्षमा चन्द र बुढाको मात्रै उम्मेदवारी परेको जनाएको छ। भने, उपाध्यक्ष, सचिव एव उप सचिव सहित सदस्यहरुमा दर्जनौँ, सयौँले उम्मेदवारी दिएका छन ।

    यस अघि अध्यक्षका लागि पाँच जना देखिएका थिए । हरि प्रशाद जोशी, हिरा चन्द, पल्लवराज भट्ट, अशोक चन्द र लक्ष्मी बुढा देखिएका थिए । अन्तत अन्य तीन जना जोशी, चन्द र भट्ट ब्याक भएसंगै अब चन्द र बुढा विच प्रतिस्पर्धा हुने भएको छ । बुढा पोलिटब्यूरो सदस्य निरुदेवी पाल र चन्द अर्का पोलिट्ब्यूरो सदस्य राजेन्द्र रावल निकट हुन । यस अघि ८औँ जिल्ला अधिवेशनबाट बुढा पाल गुटबाटै उपाध्यक्षमा निर्वाचित भएकी थिईन, भने चन्द सचिवमा पराजित भएका थिए ।

    अध्यक्षका लागि देखिएका कञ्चनपुरका युवा नेता हरि प्रशाद जोशीले आफु सच्चा एमाले कार्यकर्ता र कुनैपनि गुटको भक्त नभएकाले अध्यक्षका लागि उम्मेदवारी दर्ताबाटै बञ्चित भएको बताए । ‘माथि नेताका नाममा तल राजनीतिक गर्नेहरु गुटका देखिए, ‘उनले भने, ‘म भने कुनैपनि गुट भन्दा एमाले बनाउने अभियानमा थिए, तर मलाई नै पछारियो ।’ एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि पाटी अध्यक्ष केपी शर्मा ओलीले पनि उद्घाटन समारोहमा सकभर सहमती नभए स्वच्छ निर्वाचनबाट प्रकृया अघि बढाउन निर्देशन दिएका थिए । एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयनका लागि ४ सय ६४ मतदाता रहेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट