२०८३ जेष्ठ १७, आईतबार | Sun, 31, May, 2026

श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा सापकोटा


  • २०८० चैत्र १, बिहिबार मा प्रकाशित २ साल अघि
  • १२१७ पाठक संख्या
  • माधब पौडेल,१ चैत्र ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको अध्यक्षमा गोविन्द सापकोटा २८४ मतका बिजयी भएका छन।निकतम प्रतिद्वन्द्वी कैलाश सिंह बिष्टले २६४ प्राप्त गरेका थिए।श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका लागी  साधारणसभा बाट नयाँ कार्यसमिति चयनका लागि सहमति नभएपछी बुधबार निर्वाचन भएको थियो ।अध्यक्ष पदका उमेदवार कैलाश सिंह बिष्ट बाहेक पुरै प्यानल नै बिजयी भएको छ  उपाध्यक्षमा महेन्द्र सिंह बुडाल,सचीवमा राजेश भट्ट काेषाध्यक्षमा रजनिश भण्डारी,सदस्यमा देव बहादुर शाही ,हरिदत्त बडु,लोकेन्द्र सिंह थापा,मानमती चन्द र राम बहादुर मगर (गोरे)छ भने अर्को प्यानल बाट अध्यक्षमा गोविन्द  सापकोटा उपाध्यक्षमा चित्रकला चापागाईं,सचीवमा चेतनाथ दहाल (गोपाल),काेषाध्यक्षमा कृष्ण नाथ याेगी र सदस्य पदमा श्रीकृष्ण न्यौपानेले उम्मेद्बारी दर्ता गराएका थिए।नयाँ नेतृत्व चयनका बुधबार दिउँसो २ बजे मतदान भएको थियो। श्रीपुर खानेपानी तथा सरसफाइ समितीमा जम्मा १ हजार १ सय ३जना उपभोक्ताले मतदाता भएपनी ५ सय ८६ जनाले मत खसेको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट