२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

कञ्चनपुरमा आइतबार बाट राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गरिदै


  • २०८० फागुन १७, बिहिबार मा प्रकाशित २ साल अघि
  • १२१३ पाठक संख्या
  • माधब पौडेल,कञ्चनपुर, १७ फागुन । कञ्चनपुर जिल्लामा आउँदो आइतबारदेखि राष्ट्रिय परिचयपत्र वितरण अभियान सञ्चालनको तयारी भइरहेको छ ।

    पाँच वर्ष अगाडि वस्तीस्तरबाटै संकलन गरिएका विवरणका आधारमा तयार गरिएका परिचयपत्र वितरण हुन लागेका हुन् ।बिहिबार जिल्ला समन्वय समिति कञ्चनपुरको सभाहलमा जिल्लास्थित सबै स्थानीय तहका प्रमुख,उप प्रमुख , राजनीतिक दलका प्रतिनिधि र सञ्चारकर्मीहरुसँग अन्तरक्रिया गर्दै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार बाट परिचयपत्र वितरण सुरु गर्ने जनाएको हो ।अभियान अन्तर्गत कञ्चनपुर जिल्लामा १ लाख ७२ हजार २३८ वटा परिचयपत्र विवरण गरिने छ । प्रत्येक वडा-वडाबाटै वितरण गरिने यस अभियान अन्तर्गत पहिलो चरणमा कञ्चनपुरका दोधाराचाँदनी, भीमदत्त, बेलौरी र पुनर्वास नगरपालिकामा आइतबार बाट अभियान समेत सुरु गर्न लागिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताउनु भयो ।

    परिचय पत्र लिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ । राष्ट्रिय परिचयपत्र वितरण अभियानलाई सफल पार्न जिल्ला समन्वय समिति कञ्चनपुरले सबैलाई अनुरोध गरेको छ । सरकारले अब सामाजिक सुरक्षाको लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने, सामाजिक सुरक्षा नवीकरण गर्दा वायोमेट्रिक भेरिफिकेशन गर्ने र स्थानीय तहमार्फत कार्ड वितरण गर्ने योजना बनाएको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक मुकेश कुमार केशरीले जानकारी दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट