२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

शिशु विद्या मन्दिरको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


  • २०८० फागुन १२, शनिबार मा प्रकाशित २ साल अघि
  • ५५७ पाठक संख्या
  • प्रकाश भट्ट,१२ फागुन ।कञ्चनपुरको वेदकोट नगरपालिका १० दैजीमा रहेको शिशु विद्या मन्दिरको ३० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शनिबार सम्पन्न उक्त कार्यक्रममा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र रेग्मीको सभापतित्व रहेको थियो।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नगर प्रमुख भोजराज बोहराले निजी विद्यालयले शिक्षाको क्षेत्रमा निकै योगदान पुर्याइरहेको बताउनुभयो। नगरपालिकाद्वारा सामुदायिक र निजी विद्यालयहरूमा एसइइ परीक्षा तयारी कक्षाहरू समेत सञ्चालन भइरहेका बताउनुभएको छ। हामी शिक्षाको क्षेत्रमा संवेदनशिल छौँ र नगरमा शिक्षाको क्षेत्रको स्तरोन्नतिका लागी सँधै तत्पर रहने छौँ।’ नगर प्रमुख बोहराले शिशु विद्या मन्दिरले शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै नगरपालिकाबाट सकिने हरेक सम्भव सहयोग गर्ने प्रतिवद्धता गर्नुभएको थियो।

    त्यसैगरी विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र रेग्मीले विद्यालय र विद्यार्थीको समग्र विकासका लागी व्यवस्थापन समिति र शिक्षक-शिक्षिका निरन्तर खटिएका बताउनुभयो।हामीले आधुनिक प्रविधिबाट विद्यालयमा अध्यापन गराइरहनु साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीहरूलाई अग्रसर राखेका छौँ।’

    विद्यालयका प्रधानाध्यापक राकेश बहादुर चन्दले विद्यालयमा आधुनिक प्रविधिमा रहेर अध्यापन गराइरहनुका साथै विद्यालयमा अतिरिक्त क्रियाकलाप समेत निरन्तर रुपमा भइरहेका बताउनुभयो। उनले भने ‘हामीले विद्यार्थीहरूलाई किताबी ज्ञानका साथै अतिरिक्त क्रियाकलापमा पनि अगाडि राखेका छौँ जसका लागी विद्यालयमा बास्केटबल कोर्ट, क्रिकेट नेट, भलिबल कोर्ट आदि तयार गरेका छौँ।’ साथै विद्यालयले भिजुअल क्लास समेत सञ्चालन गरिरहेको बताउनुभयो।त्यसैगरी वार्षिकोत्सवमा समाजसेवी  मदन बहादुर चन्द र महिला अधिकारकर्मी भगवती थापालाई सम्मान गर्नुका साथै महेन्द्रनगरमा रहेको समाज कल्याण अञ्चल बाल अनाथालयलाई रु ५ हजार सहयोग समेत गरेको छ।  विद्यालयका प्रधानाध्यापक राकेश बहादुर चन्दले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयमा लामो समयदेखि कार्यरत शिक्षक र कर्मचारीहरूलाई सम्मान गरिनुका साथै विद्यालयले वर्षभरिमा सञ्चालन गरेका अतिरिक्त क्रियाकलाप र परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पुरस्कृत समेत गरिएको छ।

    कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, कर्मचारी, जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक लगायतको भव्य उपस्थिति रहेको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट